श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ, बाबु कुट्ने छोरा प्रहरीको नियन्त्रणमा

५ बैशाख २०६९, मंगलवार ११:०४ मा प्रकाशित

बाग्लुङ, ५ बैशाख । आफ्नै श्रीमतीको हत्या गरी झुण्ड्याएको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङमा मृतकका माइतीले हिजो किटानी जाहेरी दिएका छन् । बागलुङ रायडाँडा गाविस वडा नं ७ बस्ने श्याम सापकोटाविरुद्ध मृतकका माइतीपक्ष अमलाचौर १ का विष्णुदक्त पन्तले किटानी जाहेरी दर्ता गराउनुभएको हो । सापकोटाले २२ वर्षका श्रीमती पवित्रा सापकोटालाई हत्या गरी झुण्डाएको आरोपमा जाहेरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतक सापकोटा शनिबार राती सम्पर्कविहीन भएको र आईतबार बिहान घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिईन् । पन्तको किटानी जाहेरी लगत्तै प्रहरीले सापकोटालाई नियनत्रणमा लिएको छ । सापकोटामाथि आवश्यक सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ । सापकोटाका एक छोरी र एक छोरा रहेका छन् । हत्या वा आत्महत्या के हो भन्ने खुल्न नसकेको र यस बारेमा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय बागलुङले घरझगडामा आफ्नै वृद्ध बुबालाई कुटपीट गरेको आरोपमा हिजो बागलुङ नगरपालिका १ रामरेखा बस्ने ३७ वर्षका हेमेन्द्र निउरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निउरेमाथि आफ्ना ६४ वर्षका बाबुलाई कुटपिट गरेको आरोप छ ।  कुटपिटपछि घाइते हेमेन्द्र निउरेको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत