दोस्रो जनआन्दोलनमा घाइते भएका श्याम मालीको निधन

५ बैशाख २०६९, मंगलवार ११:०३ मा प्रकाशित

काठमाडौ, ५ बैशाख । दोस्रो जनआन्दोलनका घाइते ललितपुर धापाखेलका श्याम मालीको आज विहान निधन भएको छ । ४१ वर्षका मालीलाई गएराति हृदयाघात भएपछि ललितपुरस्थित पाटन अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा आज विहान मालीको निधन भएको अस्पतालले जनाएको छ । ऐतिहासिक दोस्रो जनआन्दोलनको क्रममा २०६३ साल बैशाख ५ गते ललितपुरको सातदोबाटोमा सुरक्षाकर्मीको गोली लागेर उहाँ घाइते हुनु भएको थियो । उहाँका श्रीमती र दुई छोरी छन् । आजै मालीको विधिपूर्वक दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा