पर्सामा एमाओवादीका दुई गुटबीच झडप

१७ पुष २०७०, बुधबार १६:२० मा प्रकाशित

पर्सा, १७ पुस । आन्तरिक विवादका कारण वीरगन्जमा एमाओवादीका दुई गुटबीच झडप भएको छ ।
स्थानीय सम्झना होटलमा आज (बुधबार) एमाओवादी पर्साका नेता कार्यकर्ताले आयोजना गरेको पत्रकार सम्मेलनमा युवाहरुले हस्तक्षेप गरेका हुन् । उनीहरुले पार्टी नेतृत्वको विरोध गरेको आरोपमा पत्रकार सम्मेलन गर्ने समूहलाई कुटपिट गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूची सच्याउनुपर्ने मागसहित योगेन्द्र साहलगायतका नेता कार्यकर्ताले आयोजना गरेको पत्रकार सम्मेलनमा सुजित गिरी नेतृत्वमा आएको समूहले कुटपिट गरेको पीडित पक्षको भनाई छ ।
कुटपिटबाट क्रान्तिकारी पत्रकार संघका पर्सा जिल्ला अध्यक्ष आरके पटेल, जिल्ला सदस्य अनुपकुमार गुप्ता, वीरेन्द्र साह र पर्शुराम कुशवाहा घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’