एमाओवादीका सभासद संविधानसभमा नजाने

१७ पुष २०७०, बुधबार १५:१८ मा प्रकाशित

काठमाडौं, १७ पुस । एमाओवादीका केन्द्रीय सदस्य समेत रहेका कालिकोटबाट निर्वाचित सभासद महेन्द्रबहादुर शाहीसहितका आठ जना जिल्ला नेताले समूहिक राजीनामा दिएका छन् ।
एमाओवादी नेतृत्वले कर्णाली क्षेत्रलाई समानुपातिकमा उपेक्षा गरेको भन्दै शाहीले आफू संविधानसभामा सहभागी नहुने चेतावनी पनि दिएका छन् । उनले एमाओवादीले कर्णालीलाई उपेक्षा गरेको बताए ।
एमाओवादीको नेतृत्वमै समानुपातिकको सूचीलाई लिएर विवाद भई रहेका बेला कालिकोटमा समेत त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ ।
‘कर्णाली एवं पिछडिएको क्षेत्रलाई पार्टीले उपेक्षा गर्‍यो,’ उनले भने, ‘लिष्टमा हेरफेर नगरेसम्म म संविधानसभामा भाग लिन्न ।’
कर्णाली क्षेत्रबाट एमाओवादीले महिला कोटामा हुम्लाकी गोमा गौतमलाई मात्रै समानुपातिक कोटामा राखे पछि विवाद सार्वजनिक भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप