उपभोक्ता ग्यास कार्ड वितरण आजबाट

५ बैशाख २०६९, मंगलवार ११:०२ मा प्रकाशित

काठमाडौ, ५ बैशाख । वर्षमा एक परिवारलाई आठ ओटा खाना पकाउने ग्यासका सिलिण्डर अनुदान दिने गरी आजदेखि उपभोक्ता ग्यास कार्ड वितरण गरिदैछ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कार्ड प्रदान गरेर ग्यास कार्ड वितरणको काम सुरु गरिने ग्यास उपभोक्ता महासङ्घका कार्यवाहक अध्यक्ष अर्जुनकुमार देवकोटाले जानकारी दिनुभयो । कार्यवाहक अध्यक्ष देवकोटाका अनुसार प्रधानमन्त्रीलाई एक नम्बरको ग्यास कार्ड प्रदान गरिने छ । सरकारले उपभोक्ता र व्यावसायिक ग्यास कार्ड एकैपटक वितरणमा ल्याउने योजना बनाए पनि व्यावसायिक सिलिण्डर निर्माणमा ढिलाईका कारण हाल उपभोक्ता कार्डमात्र वितरण गर्न लागिएको हो । बजारमा भएको ग्याँस अभाव पूर्ति र कालोबजारी नियन्त्रण गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालय, उपभोक्ताको क्षेत्रमा क्रियाशील संघसंस्थाको सक्रियतामा ग्याँस कार्ड वितरण गर्न लागिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध