‘एउटा साथी’को छायंकन सुरु

१७ पुष २०७०, बुधबार १०:३९ मा प्रकाशित

काठमाडौं : पुस महिना । खुल्ला आकश । बादलको टाटो पनि कही कतै छैन । तर पानी भने मज्जाले परिरहेको छ । यसलाई तपाई के भन्नु हुन्छ । पक्कै पनि कृतिम झरी । यस्तै कृतिम झरी पारेर चलचित्र ‘एउटा साथी’को छायांकन गरिएको छ ।
आइतबार मध्यरात पारेर गरिएको चलचित्रको छायांकनमा कलाकार सलोन बस्नेत, रिस्ता बस्नेत, करिष्मा श्रेष्ठ तथा जोन तामाङ कृतिम पानीमा मज्जा लिदै चलचित्रको सट दिए ।
‘कलाकार भिज्ने सिन थियो । अहिले पानी पर्ने नदेखेर कृतिम झरी पारेर छायांकन गरिएका छ,’ चलचित्रका निर्देशक लक्ष्मण सुबेदीले बताए । ‘असार पर्खनु भन्दा कृतिम झरी पार्नुनै मलाई निको लाग्यो,’ उनले भने, ‘यसरी झरी पारेर सुटिङ गर्दा कलाकारलाई सास्ती पर्ने छ ।’
अभिनेता सलोनले भने, ‘एक त जाडो महिना त्यस माथी चिसो पानी झन्नै रगत जमेको ।’
अभिनेत्री करिष्मा श्रेष्ठ, जोन तामाङ र रिस्ता बस्नेतपनि जाडोमा भिज्नु पर्दा निकै गाहे भएको अनुभब सुनाए ।
मंसिर ३० गतेबाट छायांकन थालिएको यो चलचित्र निर्देशक शोभित बस्नेतको निर्माणमा बन्न लागेको हो । हाल उपत्यकाका बिभिन्न स्थानमा छायांकन भैरहेको चलचित्र रोमान्टिक लवस्टोरीमा कमेडी कथा छ ।
रंग पत्रकार लक्ष्मण सुबेदी निर्देशनमा डेब्यु गर्न लागेको यस चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, जोन तामाङ, करिष्मा श्रेष्ठ, पुरन थापा, विवन गिरी, शिशिर भण्डारी आदिको अभिनय रहने छ । रुपा राना, अनु शाह र नारायण पुरीको पनि बिषेश भूमिकामा रहने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो