फिर्ता हुन ४८ घण्टे अल्टिमेटम

१७ पुष २०७०, बुधबार १०:२४ मा प्रकाशित

काठमाडौँ, १७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टी फुटाएर जानेलाई सहमतिमा आउन ४८ घण्टे अल्टिमेटन दिएको छ । काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यलयमा मंगलबार बसेको केन्द्रीय कार्य समितिको बैठकले पार्टी फुटाएर जानेलाई सहमतिमा आउन ४८ घण्टे अल्टिमेटन दिएको हो । बैठकले निर्णय फिर्ता लिई चित्त नबुझेका विषयवस्तुलाई छलफलबाट टुङ्गाउन आग्रह गर्दै सो समयसीमा दिएको एक केन्द्रीय नेताले जानकारी दिए ।
बैठकले ‘चौथो शक्तिलाई विभाजन गर्ने षड्यन्त्र भइरहेकाले’ त्यसप्रति सतर्क रहँदै सबै कार्यकर्तालाई एकताबद्ध भई दृढतापूर्वक अघि बढ्न आह्वान गरेको छ ।
समानुपातिक सिट बाँडफाँडमा विवाद भएपछि राप्रपा नेपाल सोमबार विभाजित भएको थियो ।
बैठकले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन सार्वजनिक बिदाको माग गर्दै र नयाँ मुद्रा निष्काशन गर्दा उनको तस्बिर अङ्कित गर्न सरकारसँग आग्रह गरेको छ ।
यसैगरी राप्रपाले उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । सो समितिमा वरिष्ठ केन्द्रीय सदस्य निरञ्जन थापा र केन्द्रीय सदस्य खगेन्द्र बस्न्यात सदस्य रहेका छन् ।
यसैबीच असन्तुष्ट नेता टङ्क ढकाल राप्रपा नेपालको सो बैठकमा सहभागी भई पार्टीको सिद्धान्तप्रति आफूहरु प्रतिबद्ध रहेको जनाएका छन् । तर, उनले पार्टी नेतृत्वले एकलौटी ढङ्गले गरेका निर्णयप्रति असहमति रहेको जनाएका थिए । ढकाल पुन संस्थापनमै फर्किएको राप्रपा नेपालको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा