सल्यानमा बस दुर्घटन एघार यात्रुको मृत्यु

१७ पुष २०७०, बुधबार ०९:४९ मा प्रकाशित

सल्यान, १७ पुस । सल्यान जिल्लामा बस दुर्घटना हुँदा एघार जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा सात यात्रु गम्भीर घाईते भएका छन् ।
बाँझकाँडामा आज (बुधबार) विहान लु १ ख ८२९० नम्बरको बस दुर्घटना भएको हो । बस काठमाडौंबाट रुकुम तर्फ जाँदै थियो । बस शारदा खोलामा करीव एक सय मिटर तल खसेको छ ।
मृत्यु भएका यात्रुको सनाखत भई सकेको छैन । घाइतेलाई उपचारका लागि सल्यान सदरमुकाम खलंगा लगिएको छ ।
उता, तनहुँ जिल्लामा पर्यटक बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बन्दीपुरमा मंगलबार राति भारतीय पर्यटक सवार ग १ य ६६९ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जीपमा रहेका छ यात्रु घाइते भएका छन् ।
पोखराबाट वीरगञ्ज तर्फ जाँदै गरेको जीप खैरेनीमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भएपनि कतिपय

काठमाडौं । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ