चौथो दिनसम्ममा अवकाश रोज्नेको सङ्ख्या पाँच हजार ८०

५ बैशाख २०६९, मंगलवार १०:५६ मा प्रकाशित

काठमाडौ, ५ बैशाख । पुनर्वर्गीकरणको काम सुरु भएको चौथो दिनसम्ममा स्वेच्छिक अवकाश रोज्ने लडाकुको सङ्ख्या पाँच हजार चार सय ८० पुगेको छ । विभिन्न शिविरमा गरेर समयोजन रोज्ने लडाकुहरुको सङ्ख्या चार हजार दुई सय २५ छ । पुनर्वर्गीकरणको काम नसकिएकोले समायोजनमा जाने लडाकुको सङ्ख्या अझ घट्ने लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समिति मातहतको सचिवालयले जनाएको छ । आज दिनभरमा ७ ओटै लडाकुका मुख्य शिविरमा पुनर्वर्गीकरणको कामसक्ने तयारी भएको सचिवालय संयोजक बालानन्द शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको लडाकु शिविरमा बाहेक अन्य शिविरमा पुनवर्गीकरणको काम प्राय सकिएको छ । प्राविधिक समस्याका कारण केही शिविरमा थोरै लडाकुको पुनर्वर्गीकरणको काम बाँकी रहेको र आजै टुङ्गो लगाउने प्रयास भइरहेको पनि संयोजक शर्माले बताउनुभयो । कैलालीको सातौँ डिभिजनमा पुनर्वर्गीकरणको काम सकिए आजै समायोजन रोजेका लडाकु र हतियार नेपाली सेनाको जिम्मा लगाउने तयारी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।