पत्नीलाई सभासद बनाउने हो भने अरुले के गर्ने ?

१६ पुष २०७०, मंगलवार १६:३१ मा प्रकाशित

काठमाडौं, १६ पुस । नेपाल महिला संघले कांग्रेसले चयन गरेका समानुपातिक तर्फको अन्तिम सूची विभेदपूर्ण र नातावादी भएको आरोप लगाएको छ ।
संघकी अध्यक्ष डीला संग्रौलाले आज (काठमाडौं) मा पत्रकार सम्मेलन गरेर नातावाद, भागवण्डा र परिवारवादका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएईन् ।
‘कांग्रेसमा सभासद चयनमा भागबण्डा, परिवारवाद, नातावाद र थैलीवाद हावी भएको छ,’ उनले भनिन्, ‘पार्टी भित्रका ईमान्दार कार्यकर्तालाई पाखा लगाउने काम भएको छ ।’
संग्रौलाले कांग्रेस नेतृत्वले समानुपातिकको सूची बनाउदा गरेको गल्ती नसच्याए पार्टी कमजोर बन्ने बताईन् ।
‘आफैले बनाएको मापदण्ड विपरित पुरानाले नै अवसर पाएका छन्,’ उनले भनिन्, ‘नेताका श्रीमतीहरुले अवसर पाउँदा कांग्रेसको लागि काम गर्नेहरुले कांग्रेसमा रहने नरहने विकल्पमा सोच्नु पर्ने अवस्था उत्पन्न भएको छ ।’
संघकी केन्द्रीय सदस्य दीब्येश्वरी शाहले ईमान्दार कार्यकर्ताको मूल्याङ्कन नभएको बताईन् । उनले आफ्ना मान्छेलाई मात्रै अवसर दिने भए कांग्रेसप्रति कार्यकर्ता र जनताको आस्था घट्ने बताईन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर