सेना समायोजन विशेष समितिको बैठक आज बस्दै

५ बैशाख २०६९, मंगलवार १०:४८ मा प्रकाशित

काठमाडौ, ५ बैशाख । माओवादी लडाकु समायोजनको बारेमा छलफल गर्न लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समितिको बैठक आज बस्दैछ । विशेष समितिको कार्यालय नयाँवानेश्वरमा साँझ पाँच बजेपछि सुरु हुने बैठकमा माओवादी लडाकुलाई नेपाली सेनाको मातहतमा गठनहुने महानिर्देशनालयमा सहभागी गराउने प्रक्रिया तथा पूर्वतयारीको बारेमा छलफल हुनेछ । बैठकमा दोस्रो पटक सुरु गरिएको पुनर्वर्गीकरणको काम र लडाकुहरुको स्वेच्छिक अवकासप्रतिको आकर्षणको बारेमा पनि छलफल हुने बताइएको छ । नेपाली सेनाको मातहतमा गठनहुने महानिर्देशनालयको स्वरुपको बारेमा आज मुख्य छलफल हुने विशेष समितिका एक सदस्यले जानकारी दिए । गएको शनिवार बसेको विशेष समितिको बैठकले समायोजनमा जाने लडाकुले पाउने दर्जा, छनौट प्रक्रिया, विधि, मापदण्ड लगायतका विवादित बुँदामा सहमतिगर्दै ७ बुँदे सहमति जुटाएको थियो । दलहरुबीच लडाकु समायोजनबारे सहमति भए पनि शिविरमा रहेका लडाकुहरुको  भने समायोजनभन्दा पनि स्वच्छिक अवकाशप्रतिको आकर्षण बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर