नेपाल ग्यासका एक सय बढी सिलिण्डर नष्ट

१६ पुष २०७०, मंगलवार १२:११ मा प्रकाशित

काठमाडौं, १६ पुस । नेपाल ग्यास उद्योगले मिति नाघेको र ड्यामेज भएका ग्यास सिलिण्डहरु नष्ट गरेको छ ।
उपभोक्ताको सुरक्षालाई मध्यनजर गरेर मिति नाघेका र ड्यामेज भएका १ हजार ४६ वटा सिलिण्डर नष्ट गरिएको उद्योगले जनाएको छ ।
तीन सय ड्यामेज सिलिण्डर र ७ सय ४६ मिति नाघेका सिलिण्डर नष्ट गरिएको उद्योगका कार्यकारी निर्देशक गोकुल भण्डारीले जानकारी दिए ।
कम्पनीले विगत पाँच वर्षदेखि म्याद नाघेका र ड्यामेज भएका ग्यास सिलिण्डर हटाउँदै आएको दाबी गरेको छ ।
एउटा ग्यास सिलिण्डर सुरक्षित किसिमले प्रयोग गर्दा बढीमा ३० वर्ष प्रयोग गर्न सकिन्छ । बजारमा ड्यामेज र मिति नाघेका ग्यास बिक्री–वितरण भइरहेको उपभोक्ताको गुनासो छ ।
ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले नेपाल ग्यासले मात्र पुराना सिलिण्डर नष्ट गर्दै आएको भन्दै अन्य कम्पनीलाई पनि असुरक्षित सिलिण्डर नष्ट गर्न आह्वान गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।