विवाद समाधान उपसमिति र संवैधानिक समितिका बैठक बस्दै

५ बैशाख २०६९, मंगलवार १०:४६ मा प्रकाशित

काठमाडौ, ५ बैशाख । संविधानका अन्तरवस्तुमा राजनीतिक सहमति जुटाउन आजसम्मको समय पाएको संवैधानिक विवाद समाधान उपसमितिको बैठक आज बस्दैछ । संविधानसभा सचिवालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा विवादित विषयमा सहमतिको प्रयास गरिने उपसमिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । कार्यव्यवस्था समितिले सहमति जुटाउन आजसम्मको समय दिएपनि विवादित विषयमा सहमति नजुटेका कारण थप समय माग गर्ने सम्भावना रहेको अर्का सदस्यले बताए । मधेसी मोर्चासहित बसेको तीन दलको बैठकले संविधानका विवादित विषयमा सहमति जुटाउन गरेको प्रयास अझै निष्कर्षमा पुग्न सकेको छैन ।
उपसमितिको बैठक लगत्तै संवैधानिक समितिको बैठक पनि आजै बस्दैछ । उपसमितिले गरेको सहमतिको समीक्षा गर्दै आगामी ४१ दिनमा कसरी संविधान बनाउने भन्ने विषयमा छलफल हुने समिति सदस्य परि थापाले जानकारी दिनुभयो । वैशाख १५ सम्म संविधानको पहिलो मस्यौदा बनाउने जिम्मेवारी रहेपछि शासकीय स्वरुप, राज्यपुनर्संरचना, न्यायप्रणाली, निर्वाचन प्रणाली र नागरिकता सम्बन्धमा दलहरुबीच विवाद छ । समितिले विवाद समाधानका लागि थप पाँच दिन समय माग गर्ने सम्भावना रहेको एक नेताले बताए । संविधान जारी गर्ने दिन जेठ १४ आउन अब ४१ दिन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार