कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै

१६ पुष २०७०, मंगलवार ११:४४ मा प्रकाशित

काठमाडौं, १६ पुस । कांग्रेसले ‘राष्ट्रिय मेलमिलाप दिवस’ विभिन्न कार्यक्रम गरी देशभर मनाउँदै छ । कांग्रेस र शुभेच्छुक संस्थाले मुलुक भरि वीपी कोइरालालाई आज (मंगलबार) स्मरण गर्दै छन् ।
कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले आठ बर्ष लामो भारत निर्वासन पछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको सम्झनामा दिवस मनाउने गरिएको हो ।
तत्कालीन पञ्चायती ब्यवस्थाले आफूविरुद्ध लगाएका विभिन्न मुद्दालाई वेवास्ता गरेर वीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको आह्वानसहित देशको स्वाभिमान बचाउन स्वदेश फर्किएका थिए ।
प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रणेता वीपी नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकताप्रति चिन्तित बन्दै नेपालमा प्रजातान्त्रिक ब्यवस्था ल्याउन विदेशी भूमिमा बसेर संघर्ष गर्नु भन्दा आफ्नै देशमा राष्ट्रिय शक्ति र प्रजातान्त्रिक शक्तिसंग मेलमिलाप गर्नुपर्ने मान्यताका साथ स्वदेश फर्किएका थिए ।
वीपी स्वदेश फर्किए पछि भएका विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहले देशमा राजनीतिक परिवर्तको लागि बाटो सहज बनाएको विश्लेषण गर्ने गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर