माओवादी अध्यक्ष दाहालको नजरमा कुनै बेलाको विदेशी प्रभु भारत अहिले नेपालको हितैषी

५ बैशाख २०६९, मंगलवार ०४:२५ मा प्रकाशित

काठमाडौं, ५ बैशाख । सत्ता बहिर्गमनसंगै भारतलाई प्रभुको हस्तक्षेप भन्दै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतको सहयोग बिना शान्ति र संबिधान निर्माणको काम कठिन हुने बताएका छन्। भारतीय दैनिक पत्रिका द हिन्दूलाई अन्तरवार्ता दिँदै दाहालले भारतको सहयोग नभएको भए संविधान सभा चुनाव सम्भव नहुने आफ्नो पछिल्लो धारणा सार्बजनिक गरेका छन् । द हिन्दूलाई दिएको अन्तरवार्तामा दाहाल ले भनेका छन् भारतको सहयोग बिना शान्ति र संविधानलाई तार्किक निष्कर्षमा पुर्‍याउन कठिन छ।
प्रशान्त झाले दाहालसँग भारतीय दैनिक पत्रिका द हिन्दूलाई शुक्रबार दिएको अन्तरवार्तामा दाहालको भारतलाई हेर्ने आफ्नो पछिल्लो धारणा सार्बजनिक गरेका हुन् । दाहालले अन्तरवार्तामा अगाडी भनेका छन् भारतको प्रत्यक्ष सहयोग बिना दिल्लीमा गरिएको १२ बुँदे सहमति सम्भव थिएन र आफ्नो अहिले भारतसँगको सम्बन्धमा कुनै समस्या रहेको छैन ।
प्रधानसेनापति कटुवाल प्रकरणमा राजीनामा दिएपछि माओबादी नेता दाहालले सार्वजनिक कार्यक्रमबाटै भारतलाई विदेशी प्रभुको संज्ञा दिँदै शक्ति बाँडफाँडका लागि सोझै भारतसँग वार्ता गर्ने बताएका थिए। त्यतिबेलै अध्यक्ष दाहालले हिन्दूलाई अन्तरवार्ता दिँदा भनेका थिए प्रधानसेनापति विवाद प्रकरणमा भारतले सहयोग नगरेको कारण आफुले राजिनामा दिएको हुँ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)