ग्यासको मूल्य तत्काल बृद्धि हुँदैन : निगम

१५ पुष २०७०, सोमबार १५:४६ मा प्रकाशित

काठमाडौं, १५ पुस । ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले नेपाल आयल निगमले ग्यास विक्री निजी क्षेत्रलाई दिनुपर्ने बताएका छन् ।
मिडिया इन्टरनेसनलले आज (सोमबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष अर्यालले निगम भित्र ठूलो अपराधिकरण बढेको बताए । ‘एलपी ग्यासको मूल्य राज्यले सम्वन्य गरेर ग्यास प्रयोग कर्तालाई सहज बातावरणमा ग्यास उपलब्ध गराउनु पर्छ,’ उनले भने ।
उनले सरकारले निगममा हुने घाटा सहज बनाए आफूहरु एलपी ग्यासको विक्री वितरणमा हात हाल्न तयार रहको बताए ।
आयल निगमका कार्यकारी निर्देशक जयराज आचार्यले ग्यासको अभाब नहुने बताए । ‘तत्काल ग्यासको मूल्यमा वृद्धि हुदैन,’ उनले भने, ‘अहिले नेपाल आयल निगमको लाम्दानी १ खर्ब ३० अर्ब छ ।’
उनले निगमको घाटा १ अर्ब ३५ करोड रहेको बताए । ‘सबै खर्च जोडेर एक सिलिन्डरको २२ सय ३८ रुपियाँ छ,’ उनले भने, ‘घाटामा भए पनि १ हजार ४ सय ७० रुपियाँमा ग्यास विक्री वितरण गरीरहेका छौं ।’
एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले २०६२ सालमा नै निजी क्षेत्रलाई एलपी ग्यास विक्री वितरणका लागि खुल्ला गरेको बताए । ‘राज्यको नीति स्पष्ट नभएर निजी क्षेत्र एलपी ग्यासको जिम्मा लिन सकेको छैन,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको