हिरासतको शौचालयमा आत्महत्या

१५ पुष २०७०, सोमबार ११:२० मा प्रकाशित

दाङ, १५ पुस । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा हत्या अभियोगमा पक्राउ परेका गिरीराज खनानले आत्महत्या गरेका छन् ।
सैंघा–७, धनडाँडाका २९ वर्षीय खनालले आज (सोमबार) विहान करीव तीन बजे शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् । बाबु झगरुप्रसाद खनालको हत्या अभियोगमा उनी पुस–५ गते पक्राउ परेका थिए ।
खनालले ज्याकेटको चेन र मोजाको डोरी बनाएर पासो लगाएको प्रहरी प्रमुख एसपी शरदकुमार खत्रीले जानकारी दिए ।
जग्गा सम्बन्धि बिवादमा खनालले आफ्नै बाबुलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई