‘संविधानमा जनताको भावना सम्वोधन हुन्छ’

१५ पुष २०७०, सोमबार १०:५७ मा प्रकाशित

काठमाडौं, १५ पुस । राष्ट्रपति डा.रामवरण यादवले नयाँ संविधानसभाले छिट्टै नेपाली जनताको भावना सम्वोधन हुने संविधान जारी गर्ने विश्वास व्यक्त गरेका छन् ।
तमु ल्होछारका अवसरमा आज (सोमबार) शुभकामना सन्देश दिँदै राष्ट्रपति डा.यादवले यस्तो विश्वास व्यक्त गरेका हुन् । उनले देश तथा विदेशमा रहेका सम्पूर्ण तमु समुदायका दिदी बहिनी तथा दाजुभाई प्रति सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
‘देशका सबै क्षेत्रमा बसोबास गर्ने मानव समूदायबीच साँस्कृतिक आस्थासँगै देशका सबै चाडपर्व, भाषा, भेषभुषा, संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धन गर्न यस्ता पर्वले थप योगदान दिने छ,’ सन्देशमा उल्लेख छ ।
उपराष्ट्रपति परमानन्द झा र अन्तरिम मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले तमु ल्होछार २०७० को अवसरमा देश तथा विदेशमा रहेका सबै गुरुङ समुदायमा शुभकामना दिएका छन् ।
ल्होछारको अवसरमा विभिन्न दलका शीर्ष नेताहरुले पनि शुभकामना दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल