बाल्टिमोरमा जनसम्पर्क समितिको रक्तदान कार्यक्रम सम्पन्न

४ बैशाख २०६९, सोमबार २२:३५ मा प्रकाशित

बाल्टिमोर, अमेरिका, ४ बैशाख । नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरले नयाँ वर्षको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

आइतवार टिमोनियमस्थित स्थानीय रेडक्रस केन्द्रमा आयोजित रक्तदान कर्यक्रममा विभिन्न १९ जनाले रक्तदान गरेका थिए । बाल्टिमोरमा नेपाली समुदायको तर्फबाट रक्तदान आयोजना गरिएको यो नै पहिलोपटक हो । आयोजक र रक्तदान गर्नेहरुलाई प्रोत्साहन गर्नका लागि न्यूयोर्कमा रहेको ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन मैनाली र स्थानीय नेपाली सामुदायिक संस्था बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिका बानाका अध्यक्ष विजय श्रेष्ठ पनि कार्यक्रममा सहभागी हुनुभएको थियो ।

कार्यक्रम जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका सभापति सुभाष घिमिरेको संयोजनमा भएको थियो | रक्तदान गर्न नमिलेता पनि कार्यक्रममा स्थानीय अन्य कांग्रेस शुभेच्छुकहरुको पनि उपस्थिति रहेको थियो |

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद