चितवन मेडिकल कलेजको साधारणसभा सम्पन्न

१४ पुष २०७०, आईतवार १५:२९ मा प्रकाशित

चितवन, १४ पुस । चितवन मेडिकल कलेज (सीएमसी)को सातौं वार्षिक साधारणसभा २०७० साल पुस १२ गते शुक्रबार सम्पन्न भएको छ ।
चितवनको भतरपुरस्थित मेडिकल कलेजमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले डा.हरिश्चन्द न्यौपाने नेतृत्वकै बोर्डलाई निरन्तरता दिने निर्णय गरेको छ ।
बोर्डका सदस्यहरु डा.उपेन्द्र रिजाल, डा.दयाराम लम्साल, डा.गोपेन्द्र देव, डा.चन्द्रप्रसाद सेढाई, डा.लोकबहादुर सेढाई र डा.गोपीलाल श्रेष्ठलाई नै संचालक समितिमा निरन्तरता दिइएको छ ।
मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक न्यौपानेले पेश गरेको प्रतिवेदन साधारणसभाबाट पारित भएको छ ।
न्यौपानेको अगुवाईमा मिति २०६३/०३/०६ गतेबाट चिवतन मेडिकल कलेजको स्थापना भएको हो । सुरुमा ब्याचलर अफ नर्सिङ कोर्सबाट सुरु भएको यस कलेजले हाल विभिन्न ११ वटा विषयमा अध्यापन गर्दै आएको छ ।
यो अवधिमा सिएमसी देशकै पहिलो आईएसओ ९००१:२००८ गुणस्तर चिन्ह पाउने पहिलो मेडिकल कलेज बनेको छ । यही वर्षबाट कलेजले क्याथल्याब उपकरण जडान गरी मुटु रोगसम्बन्धि अत्याधुनिक उपचार सेवा पनि सुरु गरेको छ । सिएमसीले निकट भविष्यमा नै पोष्ट ग्राजुएट(पीजी) तहको पढाई पनि सुरु गर्ने अन्तिम तयारी गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ