उपसभापति पौडेलद्वारा तमुल्होसारको शुभकामना

१४ पुष २०७०, आईतवार १३:२१ मा प्रकाशित

काठमाडौं, १४ पुस । कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले तमु ल्होसार २०७० को उपलक्ष्यमा देश विदेशमा रहेका तमु समुदायका सम्पूर्ण दिदीबहिनी र दाजुभाईमा सुख, शान्ति र समृद्विका लागि शुभकामना दिएका छन् ।
उपसभापति पौडेलले आज (आइतबार) शुभकामना सन्देश जारी गरेर हिमाल, पहाड र तराई मधेसमा बस्ने नेपालीहरु विविध भाषा, संस्कृति, चाडपर्व र आफ्नै मौलिक विशिष्टता रहेको बताएका हुन् ।
हार्दिकता, सहिष्णुता, सामाजिक एकता र सदभाव बाँडेर नेपाल र नेपालीको भावनालाई मजबुत बनाई बसिरहेको बताउँदै उनले गुरुङ जातिमाझ लोकप्रिय चाडको रूपमा रहेको तमु ल्होसार लगायतका चाडपर्वहरुले सबैमा भातृत्व, मेलमिलाप दिने उल्लेख गरेका छन् ।
व्यापक जनसहभागिताबीच ऐतिहासिक रुपमा सम्पन्न संविधानसभा निर्वाचनको जनादेशले संविधानसभाबाट जनताले चाहेको लोकतान्त्रिक संविधान बनाउने र राजनीतिक संक्रमणकाललाई अन्त गरी देशलाई समृद्व नयाँ नेपाल निर्माण गर्ने चुनौतिपूर्ण घडीमा मुलुक उभिएको बताए ।
सबै जनता र दलहरुबीच संवाद, सहमति र सहकार्यको माध्यमबाट राष्ट्र सामु आईपरेका समस्या समाधान गर्न यसप्रकारका चाडपर्वले प्रेरणा एवं उत्साह थप्ने उपसभापति पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान