आगलागीमा परेर आमासहित दुई छोराको मृत्यु

१४ पुष २०७०, आईतवार ११:३८ मा प्रकाशित

झापा, १४ पुस । झापा जिल्लामा आगोमा जलेर आमासहित दुई छोराको मृत्यु भएको छ ।
सतासीधाम–७ स्थित दुधेबजारमा रहेको घरमा आगलागी हुँदा एकै परिवारका तीनजनाको जलेर मृत्यु भएको हो । स्थानीय गणेश बजगाईंको दुईतले काठको घरमा शनिबार राति आगो लाग्दा ३६ वर्षीया मनिका भट्टराई र उनका दुई छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा १२ वर्षीय नीतेष र सात वर्षीय निशान भट्टराई पनि रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । आगलागीबाट नजिकैका दुई घरमा पनि क्षति पुगेको छ ।
मोरङको दर्बेशा स्थायी घर भएका उनीहरु केही वर्षदेखि दुधेबजारमा डेरा गरी बस्दै आएका थिए । मृतकक मनिकाको पति वैदेशिक रोजगारका लागि खाडी मुलुक कतारमा छन् ।
बिजुली गएको बेला मैनबत्तीबाट आगो सल्केर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान गरेको छ । आगलागीबाट करीव २५ लाख बराबरको सम्पत्ती जलेर नष्ट भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

सिन्धुपाल्चोक- मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति