
धर्मराज अधिकारी, बेलायत । प्रवासमा रहेका नेपाली समुदायसंग धन नभएपनि विशााल मन छ, जसले बेला बेलामा च्यारीटि मार्फत धेरै सहयोगी काम गर्दै आइरहेको छ । पछिल्लो समय गुरुङ जातीहरुको संस्था तमुधि युकेले यस्तै मन भएका नेपाली अनुहारलाई बाहिर ल्यायो । नेपाली मात्र होइन नेपाली च्यारीटिका लागि विदेशीले पनि ठुलो हात गरेका छन । बेलायतको मिचेतमा अवस्थित तमुधिको आफ्नै भवन ‘पि|m होल्ड’ गर्न शनिबार आयोजना गरिएको च्यारीटिमा अध्यक्ष मुच्छेत्र गुरुङले लिजमा भवन लिंदा संस्थाले सधैं ‘मोर्गगेज’ तिर्नुपर्ने बाध्यतालाई अब छिट्टै पाखा लगाइने बताए । संस्थाका पूर्व अध्यक्ष एवं गैर अवासीय नेपाली संघ युकेका पनि अध्यक्ष भइसकेका मेजर रिटायर्ड डम्मर घलेको संयोजनमा आयोजना गरीएको च्यारीटिले करीब सवा करोड नेपाली रुपैंया संकलन गर्न सफल भयो । स्वभावैले हक्की स्वभावका मेजर घलेले कार्यक्रममा भने, हामी दिन आएको हो, संस्थाको लागि जति दिन सकिन्छ मन खोलेर दिऊं भोलि पछुताउने अवस्था तपाई हामीले कल्पना पनि गर्न हुंदैन । हलमा घलेले भनेजस्तै भयो, करीब एक हजारदेखि पांचहजार पांचसय पाउण्डसम्म चन्दा दिने दाताहरुको लर्को लाग्यो । संस्थाका अध्यक्ष गुरुङ तथा उनकी धर्मपत्नीले खादा लगाइदिएको कार्यक्रममा सबै तमुहरुको गला खादा मय भएको थियो । अर्थात सहभागि एक दुई जना बाहेक सबैले संस्थालाई सकेअनुसार चन्दा दिएका थिए । हलभित्र हेर्दा लाग्थ्यो चन्दा नदिने छैनन । एकाध भेटिएकाहरुको अनुहारमा लज्जाबोध भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा
अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड
न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट
काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी