प्रियंका र अनुष्काका कदम फिल्म निर्माणमा

१३ पुष २०७०, शनिबार १६:१८ मा प्रकाशित

मुम्बई : बलिउड नायिका प्रियंका चोपडाले आगामी बर्ष आफ्नै प्रोडक्शन हाउस खोल्न लागेकी छन् । प्रियंका अब हीरोइनका साथै फिल्म मेकर पनि बन्ने छिन् ।
आफूलाई मन पर्ने फिल्म बनाउन प्रियंकाले प्रोडक्शन हाउस खोल्न लागेकी हुन् । प्रियंकालाई अहिले पनि फिल्ममा काम गर्नका लागि कुनै कमी छैन । तै पनि उनले आफूलाई लाग्ने कथा र योजनामा फिल्म निर्माण गर्ने जनाएकी छन् ।
हीरोइनहरु फिल्म पाउन छाडे पछि मात्रै निर्माण र निर्देशन तर्फ लाग्ने गरेका उदाहरण छन् । प्रियंका र अर्की नायिका अनुष्का शर्मा फिल्म पाउँदा पाउँदै पनि आफैले निर्माणको काम सुरु गरेका हुन् ।
नायिका प्रियंकाको करियर राम्रो संग चलेको छ । यसका बावजुद पनि प्रियंकाले प्रड्यूसर बन्ने मन गरेकी हुन् ।
उता, नायिका अनुष्काले आफ्नै प्रोडक्शन हाउस सुरु गरेकी सकेकी छन् । अनुष्काको ऐक्टिङको काम राम्रै चली रहेको छ । तर उनले प्रोडक्शनको काम सुरु गरेकी हुन् ।
अनुराग कश्यप, विकास बहल र विक्रमादित्य मोटवानीका साथ अनुष्काले प्रोडक्शन हाउस फैंटमसँग मिलकर फिल्म ‘एन एच–१०’ निर्माण गरिरहेकी छन् । यस फिल्ममा नवदीप सिंहको भूमिकामा अनुष्का देखिने छिन् ।
‘यो मेरा लागि सौभाग्यको कुरा हो,’ अनुष्काले भनेकी छन्, ‘सानै उमेरमा मलाई फिल्म प्रोड्यूस गर्ने मौका मिलेको छ ।’ यस कदमका साथ अनुष्का वलिउडमा इडस्ट्रीमा सबै भन्दा कम उमेरकी प्रड्यूसर बनेकी छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग