सरकारको कार्यशैलीप्रति सिंह असन्तुष्ट

१३ पुष २०७०, शनिबार १३:४९ मा प्रकाशित

काठमाडौं, १३ पुस । कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधानसभा निर्वाचनपछि कर्मचारी सरुवा र बढुवासहित दीर्घकालीन महत्वका निर्णय गरेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन् ।
काठमाडौंमा आज (शनिबार) आयोजित कार्यक्रममा महामन्त्री सिंहले कामचलाउ हैसियतमा सीमित सरकारले दीर्घकालीन महत्वको निर्णय गर्न नपाउने बताए । ‘सरकारले कर्मचारी सुरुवा, बढुवा गर्न मिल्दैन,’ उनले भने, ‘दीर्घकालीन महत्वका निर्णय नयाँ सरकारले गर्छ ।’
उनले निर्वाचन पछि वर्तमान सरकारको औचित्य सक्किएको बताए । ‘कामचलाउ सरकारले महत्वपूर्ण विषयमा निर्णय गर्न मिल्दैन,’ सिंहले भने ।
महामन्त्री सिंहले पुस १५ गते संविधानसभाले पूर्णता पाउने बताए । उनले त्यसलगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरु हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल