अमेरिकामा किरणमान चित्रकारद्वारा खिचिएका तीनपुस्ते चित्रहरुको एकल प्रदर्शनी हुने

४ बैशाख २०६९, सोमबार २१:४० मा प्रकाशित

विजय थापा, वाशिंगटन । यही जुन ३ तारिखका दिन आर्लिंगटन पुस्तकालय, आर्लिंगटनमा किरणमान चित्रकारद्वारा आफु र उहाँका पुर्खाहरुद्वारा खिचिएका तीनपुस्ते अद्वितीय, पौराणिक तथा ऐतिहासिक छाया चित्रहरुको एकल प्रदर्शन हुने भएको छ ।

प्रदर्शनीमा किरण मान चित्रकार द्वारा विश्वका अनेकौ राष्ट्र अमेरिका, बेलायत, फ्रान्स, स्विटजर्ल्याण्ड, जापान, भारत, जर्मनी, रुस तथा अन्य देशमा प्रदर्शनी गरिएका छायाचित्रहरु समेटिने छन् ।

प्रदर्शनीमा सयुक्त राज्य अमेरिकाको राजधानी वाशिंगटन क्षेत्र वरीपरि कलाकारहरुद्वारा श्रीजना गरिएका कलाले विशेष महत्व राख्ने जनाइएको छ ।

किरण चित्रकार सार्क, दैबी प्रकोप र दक्षिणवाहु पदकबाट सम्मानित हुनु भइसकेको छ । उहाँका हजुरबुवा (बाजे) दिर्घमान चित्रकार तत्कालिन राणा प्रधान मन्त्री चन्द्र समशेर (जंग बहादुर राणा)को साथ ईस्वी सन् १९०८ मा छायाचित्रकार (फोटो ग्राफर) भै बेलायत भ्रमण गर्नु हुने नेपालका पहिलो (फोटो ग्राफर) हुनु हुन्थ्यो भने उहाँका श्रदेह पिता गणेश मान चित्रकार जसले १९५५ मा काठमाडौँ उपत्यकाको हवाई जहाजद्वारा छायाचित्र एरिअल फोटो लिने प्रथम छायाचित्रकार हुनु हुन्थ्यो ।

हाल उहाँ नेपाल टेलिभिजनका निर्देशक (प्रमुख क्यामराम्यान) पदमा रास्ट्रको सेवामा कार्यरत मत हुनुहुन्छ ।

प्रदर्शनीमा मुल्यवान र तीन पुस्ते छायाचित्रहरु प्रदर्शनी गरिने भएको हुनाले कलाकारको उच्च सम्मान गर्न कार्यक्रममा उपस्थिति भै पौराणिक तस्बिरहरु अवलोकन गरि विदेशमा पाल्नु हुने कलाकारलाई हौसला प्रदान गरि दिन अनुरोध गरिएको छ ।

कार्यक्रम मिति :जुन ३ ,२०१२ आइतबार
स्थान :आर्लिंगटन पुस्तकालय, आर्लिंगटन
ठेगाना :1015 North Quincy Street Arlington, VA ,USA 22201
समय : दिउसो १ बजे देखि रात्री ८ बजे सम्म

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न