अभिनेता फारक शेखको दुबईमा निधन

१३ पुष २०७०, शनिबार १२:५१ मा प्रकाशित

नयाँ दिल्ली : बलीवुडमा राम्रो अभिनय क्षमताका चर्चित अभिनेता फारक शेखको हृदयघातका कारण निधन भएको छ ।
शेखको आज (शनिवार) विहान दुबईमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शेख ६५ सालका थिए ।
शेख पत्नी र दुई छोरीका साथ एक समारोहमा सहभागी हुन दुबई गएका थिए ।
शनिवार विहान करीब ८ वजे शेखको निधन भएको समाचारमा उल्लेख छ । दुबईमा सबै कानूनी औपचारिकता पुरा गरेर शव मुम्बई ल्याईने छ ।
फारक शेख हिन्दी सिनेमा जगत र थिएटरका नाम चलेका कलाकार हुन् । लीकबाट हटेर फिल्ममा काम गर्ने कलाकारका रुपमा शेखलाई जान्ने गरिन्छ ।
सानो र ठूलो पर्दा दुबैमा शेखको उत्तिकै पहिचान छ । ‘गर्म हवा’, ‘शतरञ्ज के खिलाडी’, ‘चश्मे बद्दूर’ र ‘किसी से ना कहना’लगायतका सुपरहीट फिल्ममा उनले काम गरिसकेका छन् ।
उनले फिल्म ‘गर्म हवा’का साथ बलिवुडमा आफ्नो करियर सुरुआत गरेका हुन् । ‘शतरंज के खिलाडी’, ‘चश्मे बद्दूर’, ‘किसी से ना कहना’ तथा ‘नूरी’ जस्ता फिल्ममा शेखले पछि सम्म सम्झनालायक भूमिका गरेका छन् ।
शेखको अन्तिम फिल्म ‘क्लब–६०’ हो । यो भन्दा पहिला उनले २०१३ को फिल्म ‘ये जवानी है दीवानी’मा अभिनेता रणबीर कपूरको बुबाको रोलमा देखिएका थिए ।
शेखले जीटीवीमा ‘जीना इसी का नाम है’मा प्रस्तोता रहेका थिए । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।