अक्सीजन सिलिण्डर पडकिँदा बिरामीको मृत्यु

१३ पुष २०७०, शनिबार ११:१६ मा प्रकाशित


काठमाडौं, १३ पुस । काठमाडौंको कलंकीस्थित सीटी सेन्टर अस्पतालमा अक्सिजनको सिलिण्डर पड्किएर बिरामीको मृत्यु भएको छ ।
चिनी रोगको उपचार गराउन भर्ना भएकी धादिङ घर भएकी ५२ वर्षीया लक्ष्मी पुडासैनीको आज (शनिबार) विहान करीव तीन बजे अक्सीजनको सिलिण्डर पड्किएर मृत्यु भएको कालीमाटी प्रहरी बृत्तले जानकारी दिएको छ । लक्ष्मीले दश दिन देखि अस्पतालमा उपचार गराउँदै आएकी थिईन् ।
लक्ष्मीका छोरा माधव पुडासैनीले अस्पतालको लापरवाहीका कारण अक्सीजनको सिलिण्डर पड्किएर आमाको मृत्यु भएको आरोप लगाए ।
कालीमाटी प्रहरीका अनुसार लक्ष्मीको मृत्यु भई सकेको छ । अस्पतालमै लक्ष्मीको मृत्यु भएको सम्बन्धमा प्रहरी टोलीले छानविन सुरु गरेको छ ।
अस्पतालले लक्ष्मीको मृत्यु भएको स्वीकार गरेको छ । यद्यपि उनको मृत्युको कारणका बारेमा केही बताएको छैन । अक्सीजन सिलिण्डर पडकिएर लक्ष्मीको मृत्यु भए पछिको अवस्थाका बारेमा छलफल गर्न अस्पताल प्रशासन, सञ्चालक समिति र चिकित्सकहरुको आकस्मीक बैठक बसेको छ ।  (तस्विर सौजन्य फेसबुक)

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले