आगलागीमा परेर बाबु र छोराको मृत्यु

१३ पुष २०७०, शनिबार १०:४९ मा प्रकाशित

सप्तरी, १३ पुस । सप्तरी जिल्लामा आगलागी हुँदा बाबु र छोराको जलेर मृत्यु भएको छ ।
धरमपुर–४ मा शुक्रबार राति आगलागीमा परेर घोगनपुरस्थाई घर भएका नागेश्वर साह र उनका १८ वर्षीय छोरा खेलावनप्रसाद साहको मृत्यु भएको प्रहरीले जनाएको छ । नागेश्वरले धरमपुरमा किराना पसल गर्दै आएका थिए ।
भान्सा कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी भएको हो । आगलागीबाट किराना पसलका सामान जलेर नष्ट भएका छन् ।
स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । पीडित परिवारलाई किरिया खर्च बापत जिल्ला दैवीप्रकोप उद्धार समितिले २५ हजार सहयोग दिने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।