विवाद अन्त्य गर्न केन्द्रीय समिति आह्वान

१२ पुष २०७०, शुक्रबार १५:४९ मा प्रकाशित

काठमाडौं, १२ पुस । विवाद बढ्दै गए पछि एमाओवादीले समानुपातिक सभासदको टुङ्गो लगाउन केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
पार्टी मुख्यालय कोटेश्वरमा आज (शुक्रबार) सकिएको पूर्वपोलिटव्यूरो सदस्यहरुको बैठकले समानुपातिक सभासद् छनोट गर्न १४ गते आइतबार केन्द्रीय समिति बोलाउने निर्णय गरेको हो । ‘आइतबार केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ,’ पूर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकारसँग भने, ‘समानुपातिक तर्फका सभासदको टुङ्गो लगाउँछौं ।’
उनले सांगठनिक, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा पनि केन्द्रीय समितिमा छलफल हुने बताए ।
‘नयाँ अनुहारलाई सभासद्मा चयन गर्ने छौं,’ उनले भने, ‘पूर्व पोलिटब्यूरो सदस्यहरुको सुझाव अनुसा निर्णय गर्ने कोशस हुने छ ।’
एमाओवादीले समानुपातिकतर्फ ५४ सिट पाएको छ । समानुपातिक तर्फको सभासद हुन एमाओवादीमा पनि निकटका शीर्ष नेताहरुलाई दवाव परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल