पेट्रोलियम पदार्थको मूल्य बढाउनु पर्छ : निगम

१२ पुष २०७०, शुक्रबार १५:०४ मा प्रकाशित

काठमाडौं, १२ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्ध गर्नुपर्ने माग गरेको छ ।
निगमले आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर मूल्य समायोजन नगरिए पेट्रोलियम पदार्थको कारोबार गर्न नसकिने जनाएको हो ।
‘हालसम्मको ऋण मिनाहा र मूल्य समायोजन नगरिए पेट्रोलियम पदार्थको कारोबार गर्न सकिँदैन,’ निगमले भनेको छ ।
अन्तर्राष्ट्रिय बजारमा खाना पकाउने ग्यास र डिजेलको भाउ बढ्दै गएको भन्दै निगमले मूल्य समायोजन गर्न माग गरेको हो ।
हालसम्म ३३ अर्ब ६६ करोड रुपियाँ ऋण लागेको निगमको भनाई छ । ‘ऋण मिनाहा नभए खर्च धान्न मुश्किल छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘मासिक घाटा बढ्दै गएको छ ।’
निगमले ग्यास र डिजेलको मूल्यमा समायोजन नगरिए घाटा अझै बढ्ने उल्लेख गरेको छ ।
निगमलाई हाल ग्यासमा प्रति सिलिण्डलर ७ सय ५५ रुपियाँ र डिजेलमा प्रतिलिटर ११ रुपियाँ घाटा छ । पेट्रोल र हवाई ईन्धनमा निगम नाफामा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई