प्रियंकालाई टक्कर दिन अर्को फिल्म आउँदै

१२ पुष २०७०, शुक्रबार १३:०८ मा प्रकाशित

मुम्बई : हलिउड नायिका प्रियंका चोपडा पछिल्लो समयमा ओलम्पिक मेडलिष्ट मैरी कोमको जीवनीमा आधारित बायोग्राफिक मूवीका लागि ब्यस्त छिन् । यद्यपि, उनलाई कडा प्रतिष्प्रधा दिने गरेर अश्विनी यार्डीले अर्को फिल्मको तयारी गरेका छन् ।
प्रोड्यूसर अश्विनीले पनि लेडी बक्सरमा आधारित मूवीको अन्तिम तयारी थालेका छन् । आफ्नो यस फिल्मका लागि यार्डीले प्रमुख भूमिकाका लागि लेडी अभिनेत्रीको खोजी गरिरहेका छन् । जस्ले बक्सर महिलाको भूमिका राम्रो गर्न सकुन ।
फिल्ममा लेडी बक्सरका प्रशिक्षक एवं लव इंटरेस्टका रुपमा आर. माधवन रहने जनाईएको छ । ‘मैले यस्ती अभिनेत्रीको खोजी गरिरहेको छु की जो रिंग भित्रको मूभमेन्टका बारेमा जानकारी होस्,’ अश्विनीले भनेका छन् ।
अश्विनीलाई सो भूमिकाका लागि अभिनेत्रीको खोजीमा भारतीय ओलिम्पियन विजेंद्र सिंहले सहयोग गरेको समाचारमा उल्लेख छ ।
माधवन र अश्विनीका बीच स्क्रिप्टलाई लिएर चर्को विवाद समेत भई सकेको छ । यस फिल्मलाई लिएर माधवनले लस एञ्जलसमा एक बर्ष सम्म ट्रेनिङ पनि लिनु परेको थियो ।
फिल्मको शूटिंग अर्को बर्ष साल अप्रैल–मे सम्म शुरु हुने समाचारमा उल्लेख छ । फिल्मलाई नर्थ इण्डियामा शूट गरिने छ । फिल्मलाई सुधा कोंगुराले निर्देशन गर्ने छिन् ।
भारतीय सञ्चारमाध्यम र विश्लेषकहरुले प्रियंकाको फिल्म र अश्विनीको फिल्मबीच प्रतिष्प्रधा कत्तिको हुने छ भनेर प्रतिक्षा गरेका छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले