जोशीको ‘न्यूज ट्वान्टीफोर’ टेलिभिजन बन्द

१२ पुष २०७०, शुक्रबार ११:३४ मा प्रकाशित

काठमाडौं, १२ पुस । स्याटेलाईटको रकम तिर्न नसके पछि काठमाडौंबाट प्रशारण हुँदै आएको ‘न्यूज ट्वान्टीफोर’ टेलिभिजन बन्द भएको छ ।
विगत २/३ दिन देखि टेलिभिजनको सिग्नल बन्द भएको हो । पत्रकार र कर्मचारीलाई समयमा तलब दिन नसके पछि विवादमा रहँदै आएको ‘न्यूज ट्वान्टीफोर’ टेलिभिजन बन्द भए पछि कर्मचारी र पत्रकारहरु अलपत्र परेका छन् ।
नेपाल ब्रोडकास्टिङ च्यानल अन्तर्गत रहेको ‘न्यूज ट्वान्टीफोर’ टेलिभिजनमा झण्डै एकसय पत्रकार र कर्मचारी कार्यरत छन् । टेलिभिजनका सञ्चालक म्यानपावर व्यवसायी अनिल जोशी हुन् ।
केन्द्रका कर्मचारी र पत्रकार तथा जिल्ला सम्वाददाताहरुले पाँच/सात महिनादेखि तलब पाएका छैनन् । टेलिभिजन बन्द भए पनि पत्रकार र कर्मचारी कार्यालय गई रहेका छन् ।
‘न्यूज ट्वान्टीफोर’ टेलिभिजनले नै सञ्चालन गर्दै आएको मनोरञ्जनात्मक टेलिभिजन ‘ई–ट्वान्टीफोर’ पनि आर्थिक संकटकै कारण बन्द भई सकेको छ ।
‘न्यूज ट्वान्टीफोर’ टेलिभिजनले स्याटलाइट प्रयोग गरे वाफत थाईकमलाई झण्डै एक करोड रुपियाँ बुझाउन बाँकी रहेको एक पत्रकारले जानकारी दिए ।
यसअघि च्यानल नेपाल र नेशनल टेलिभिजनपनि स्याइटलाइटको रकम बुझाउन नसकेकै कारण बन्द भई सकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको