हिरोइनको म्वाइँ खाने भाग्य छैन :: हास्यकलाकार जितु नेपाल

१२ पुष २०७०, शुक्रबार ०४:१३ मा प्रकाशित

यतिबेला नाम र दाम दुवै कमाउन सफल छन् हास्यकलाकार जितु नेपाल । यो स्थानसम्म आइपुग्न उनको सङ्घर्षको कथा पनि कमको छैन । तन र मन दिएर लाग्दा जुन क्षेत्रमा पनि सफल भइन्छ भन्ने गतिलो उदाहरण बनेका जितु नेपाल विदेशमा रहेका नेपालीमाझ पनि उत्तिकै चर्चित छन् । करिब एक महिना बेलायतको सांस्कृतिक कार्यक्रममा सहभागी भएर नेपाल फर्किएका नेपालसँग यसपटक म्याइँ–वार्ता गरिएको छ ।
० विदेश धेरैपटक जानुहुन्छ । कत्तिको खाइन्छ नि म्वाइँ ?
– नढाँटीकन भन्नुपर्दा यो शतप्रतिशत सत्य हो कि मैले विदेशमा म्वाइँ कसैको पनि खाएको छैन अहिलेसम्म ।
० याद छ, पहिलोपटक कसको म्वाइँ खानुभएको थियो ?
– बच्चामा नजानी–नजानी धेरैको खाइयो होला ।
० जानेर नि ?
– जानेर खाएकै भनेको श्रीमतीकै हो ।
० श्रीमतीको म्वाइँ पहिलोपटक कहिले खानुभएको थियो ?
– विवाहको रात ।
० कस्तो भयो नि अनुभूति ?
– त्यो शब्दमा बयान गर्न सकिँदैन ।
० म्वाइँ के हो ?
– आत्मीयता, माया र मानिसलाई नजिक ल्याउने सशक्त माध्यम ।
० सम्झनालायकको म्वाइँ ?
– श्रीमतीकै हो ।
० तपाईं बाटोमा हिँड्दा कुनै युवतीले च्याप्प समातेर तपाईंको म्वाइँ खाइन् भने के गर्नुहुन्छ ?
– त्यो त महिलाकै गल्ती हो नि । उनको गल्तीलाई देखाइदिन्छु र अनि भन्छु, ‘तिम्रो म्वाइँ गलत ठाउँमा प-यो ।’
० म्वाइँ कस्तो ठाउँमा खाँदा राम्रो होला ?
– यो त जहाँ, जुन बेलामा जसलाई पनि खाने चिज होइन । म्वाइँ जथाभावी खान पनि हुन्न ।
० श्रीमतीलाई कस्तो समयमा म्वाइँ खानुहुन्छ ?
– रिसाएको समयमा । त्यो पनि रिसाएर खुसी हुन लागेको समयमा मायालु भावले ।
० म्याइँको स्वाद कस्तो हुन्छ होला ?
– म्वाइँ गुलियो वा तीतो होइन, यो त मीठो हुन्छ ।
० अहिलेसम्म कसैलाई जबर्जस्ती म्वाइँ खानुभएको छ ?
– त्यस्तो जबर्जस्ती खाएको छैन र खानु पनि नपरोस् ।
० अहिलेसम्म धेरैलाई म्वाइँ खानुभयो होला । गन्नुभएको छ ?
– त्यस्तो गनेर नै म्वाइँ खाएको छैन । गन्नैपर्ने गरेर म्वाइँ खाएको पनि छैन । म म्वाइँक्रेजी र फ्यान होइन ।
० म्वाइँ खान नपाएर भुतुक्कै हुनेहरूलाई के छ सल्लाह ?
– म्वाइँका लागि मरिहत्ते नगर्नुस् । अनि म्वाइँ खाँदा अरू कुरा पनि नसोच्नुस् नि । यो त माया प्रकट गर्ने स्वच्छ माध्यम हो ।
० कुनै हिरोइनको म्वाइँ खानुभएको छ कि छैन ?
– हामी त हास्यकलाकार । हिरोइनलाई त हिरोले पो म्वाइँ खान्छ । हिरोइनको म्वाइँ खाने भाग्य हाम्रो छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग