शङ्कर र ऋचा रातारात करोडपति, त्यसैगरी रोडपति

१२ पुष २०७०, शुक्रबार ०४:०० मा प्रकाशित

काठमाडौ । आफ्नो क्षमता, दक्षता र हैसियतभन्दा ठूलो काम गर्न खोजियो वा त्यस्तो सपना देखियो भने खाल्डामा परिन्छ। कैयौँ उदाहरणले पनि यो कुराको पुष्टि भइसकेको छ। यता एउटा उदाहरण भने नेपाली चलचित्र क्षेत्रको जोडीमा पनि लागू भएको छ।
विगतमा हैसियत र उपस्थिति हेर्दा चलचित्र निर्देशक शङ्कर घिमिरे र चलचित्र नायिका ऋचा घिमिरेको त्यति ठूलो हैसियत त थिएन। तर, यी दुई जब एक भए यिनीहरूको हैसियतले आकाश नै छोयो। चलचित्र ‘विष’मा भेट भएको यो जोडी त्यसपछि अर्को चलचित्र वीरताको चिनोसम्म आइपुग्दा त श्रीमान्–श्रीमती नै बन्न पुग्यो। प्रेम झाँगिँदै विवाहमा परिणत भएको यो जोडीको विवाहको पनि राष्ट्रिय पर्वजस्तै चर्चा हुन थाल्यो। नेपाली चलचित्रकर्मी सायदै त्यस्ता विवाहमा सहभागी भएका थिए होलान्। त्यस्तो विवाहको भोज दिए फाइभस्टार होटलमा शङ्कर र ऋचाले।
दुवैको छुट्टाछुट्टै गाडी मात्र भएन, काठमाडौंको महँगो स्थान गौरीघाटमा घरसमेत खरिद गरे यिनीहरूले। रातारात करोडपछि बनेको यो जोडीको उचालिएको आर्थिक अवस्था र हैसियतबारे चलचित्रकर्मीबीच गरमागरम चर्चाले निरन्तरता पाइनै रह्यो।
यसरी कुनै समय फाइभस्टार होटलमा छिर्न डराउने शङ्कर र ऋचाले विवाहको पार्टी लाखौँ खर्च गरेर दिएपछि उनीहरूको कमाइको स्रोतबारे गाइँगुइँ चलिनै रहेको समयमा यो कमाइको रहस्योद्घाटन अहिले क्रमशः खुल्दै आउन थालेको छ।
लुटको धन फुपूको श्राद्ध भनेजस्तै अरूको धन खर्च गर्न पाएपछि पैसाको माया कसलाई पो लाग्छ र? दुःख गरेर कमाएको भए पो खर्च गर्न माया लाग्छ। तर यिनीहरूले त अरूको धनमाथि रजाइँ गरेका रहेछन्।
करोडौँको ढुकुटी खेलाएर त्यसैको रकम आफ्नै निजी प्रयोगका लागि खर्च गर्ने गरेको कुरा अहिले पर्दाफास भएको छ। यही ढुकुटीका कारण यो जोडी अहिले मुलुकबाट पलायन भएको छ। ढुकुटीमा उठेको रकम चलचित्र निर्माण र निजी प्रयोगमा खर्च गर्न थालेपछि ढुकुटीमा तिर्नुपर्ने रकम यो जोडीसँग भएन। आउने स्रोत नभएपछि ढुकुटीको अरू किस्ता खानेले पैसा तिर्न बारम्बार ताकेता गर्दा पैसा उपलब्ध गराउन असमर्थ भएपछि गोप्य रूपमा यो जोडी विदेश हुइँकिएको तथ्य अहिले सार्वजनिक भएको छ। नैतिक रूपमा रकम तिर्ने हो भने करोडौँ रकम तिर्न बाँकी रहेको छ यिनीहरूको, तर नेपालमा बसेर त्यो रकम तिर्न असम्भव भएपछि दुवैले राम्रो उपाय सोचे विदेश छिर्ने।
शङ्कर र ऋचा विदेश भाग्न लागेको चर्चा त सुरुमा नै चलेको थियो, तर त्यतिबेला चलचित्र तुलसी देखाउन उता जान लागेको बताएर यी दुई एक सन्तानका साथ क्यानडा छिरे। क्यानडनपछि अहिले शङ्कर र ऋचा अमेरिका गएका छन्। नेपालबाट पहिले शङ्करलाई अमेरिकाले भिसा दिएको थिएन। तर, शङ्करले क्यानडाबाट अमेरिकाको भिसा लगाउन सजिलो हुन्छ भन्ने थाहा पाएपछि त्यसै गरेर उनी अमेरिका छिर्न सफल पनि भए। नेपालमा आफ्नो विवाहमा फाइभस्टार होटलमा पार्टी दिने यो जोडी अहिले अमेरिकामा सानोतिनो काम गरेर जीवन गुजारिरहेको छ। यो कुरामा अमेरिकामा रहेका नेपालीहरू विज्ञ छन्।
जसरी रातारात चुलीमा पुगेका थिए शङ्कर र ऋचा अहिले त्यसरी नै झरेका छन्। ढुकुटीका कारण धेरैको परिवार र जीवन तहसनहस भएको समाचार आइरहेकै समयमा नेपाली चलचित्र क्षेत्रको एउटा जोडीको जीवन पनि सिनेमाको कथाजस्तै दुःखदायी छ। तर, यो कथा नभएर वास्तविक नै भइदियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत बर्षको तीजमा फुर्के धागो बोलको गीतले सर्वाधिक चर्चा पाएपछि ‘फुर्के धागो २’ बजारमा आएको छ । यस

काठमाडौं । गीतकार तथा संगीतकार जीवन प्याकुरेलको तीज गीत ‘चाहना के के छ’ सार्वजनिक भएको छ । शनिबार गायक रामजी

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित