कम्युनिस्ट शासनका अवशेषहरू (२) -केदार सुवेदी

४ बैशाख २०६९, सोमबार २१:२७ मा प्रकाशित

एकताका करिब २३ देशमा फैलिएको र जहाँ त्यही रुवावासी मच्चाएर आफैं समाप्त हुँदै आएको साम्यवादी शासनका संसारभरि नै केही समानताहरू छन्। कतिपय ठाउँमा ती शासन पतन भए तर तिनले छाडेका अवेशष वा तिनले त्यो समाजलाई कस्तो पारेछन् भन्ने केही नमुना–
आठ: एक व्यक्तिको सर्वोच्चता: जनताका नाममा कम्युनिस्ट पार्टी, कम्युनिस्ट पार्टीका कायम पोलिटब्युरो, पोलिटब्युरोको नाममा महासचिवको सर्वोच्चता संसारभरिका कम्युनिस्ट पार्टीका समानता हुन्। एकदलीय र त्यसको एक व्यक्ति अधिनायकवादको शैलीलाई बहुदलीय पद्धति भएका देशका कम्युनिस्ट पार्टीमा पनि हुबहु रूपले अपनाउादै गए।
नौ: प्रेस सञ्चार शून्य: संसारभरिका कम्युनिस्ट शासकहरू जहिले तिनीहरू सत्तामा पुगे त्यो पार्टी र तिनका महासचिवका अध्यक्षले चाहेको बाहेक लेख्न पढ्न र बोल्नसमेत प्रतिबन्ध लाग्यो। चीनमा माओले आफ्नो मृत्यु नहुादासम्म कम्युनिस्ट पार्टीले तयार परेको स्कले पाठ्य सामग्री बाहेक स्वतन्त्र रूपले पढ्न दिइएको पुस्तक थियो माओको रातो किताब। रूसमा स्टालिन मरेपछि मात्र सञ्चारमा केही साधन खुले। उत्तर कोरिया र क्युवामा यो बेलासम्म पनि शासकहरूले आफ्नो व्यक्तिगत प्रयोगका लागि व्यवस्था गरेको बाहेक टेलिफोन र टेलिभिजन केही छैनन्। रुसमा जारशाही हुादा कुन कुरा प्रकाशित गर्न पाइादैन भन्ने मात्र प्रतिबन्ध थियो भने कम्युनिस्ट पार्टीले शासन सुरु गरेपछि लेखकहरूले समेत के लेख्नुपर्छ भन्ने निर्देशन दिन थालियो। कम्युनिस्ट समर्थकबाहेक कुनै प्रकाशन प्रतिबन्धित रहे। रूसको यो प्रतिबन्ध त्यसपछिका सबै कम्युनिस्ट शासकहरूले आधारपत्र बनाए।
दश: कोटामा कारबाही: कम्युनिस्ट शासनको विश्वभाषी अर्को समानता हो व्यक्तिलाई कोटा तोकेर कारबाही गर्नु। रूसका स्टालिनले प्रतिपादन गरेको यो सिद्धान्त त्यसपछि जहााजहाा यस्तो शासन विस्तार भयो ती ठाउामा फैलादै गए। महाआंतकको संज्ञा पाएको यो पद्धति १९३६–३८ मा रूसको कम्युनिस्ट पार्टी पोलिटब्युरोले प्रहरीलाई कारबाही चलाउने भनी निर्देशन दिएर सम्बन्धित जिल्लामा कतिको संख्यालाई पक्राउ गर्ने र तीमध्ये कति प्रतिशतलाई जेल तथा कतिलाई गोली हान्ने कोटा तोकियो। यसमध्ये पहिलो लटमा पक्राउ परेका ३५ हजारमध्ये पााच र दोस्रोमा ७० हजारमध्ये सबैलाई गोली ठोकियो। उनले आफ्नो अपराध सुन्नसमेत पाएनन्। जो कोहीलाई अपराधी ठहर गर्ने परम्परा यहीबाट सुरु भएको यो कोटा कारबाहीको प्रक्रियालाई पछि माओ, पोलपोट र फिदेललगायत अधिनायकहरूले अनुसरण गरे।
एघार: मृत्युदण्डको आदेश महासचिवबाट: मृत्युदण्डजस्तो सजाय र उनकै हस्ताक्षरबाट दण्ड दिनु अर्को समान विशेषता हो। रूसमा स्टालिनले १९… डिसेम्बर १२ को एउटै दिन ५ हजार व्यक्तिलाई मृत्युदण्ड दिने आदेशपत्रमा हस्ताक्षर गरे। कुनै विधि पुर्‍याउन पनि कानुनी हैसियत राख्ने निकायमा पुग्नुपर्छ। यहाा त्यसो गरिएन। यही परम्परा यसरी फैलियो कि कम्युनिस्ट पार्टीको सर्वोच्च व्यक्तिको हस्ताक्षरबाट कम्युनिस्ट देशका नागरिकले मृत्युदण्ड पाउन थाले। यो आदेश दिएर त्यसदिन स्टालिन एउटा ”मस्त मानिसहरू” नामको हास्य चलचित्र हेर्न गए। पछि माओले त्यसैलाई अनुसरण गदै मान्छे मार्ने आदेश दिएपछि त्यो रात आफ्नो निवासमा विशेष नृत्यको आयोजना गर्ने गरेका विवरण धेरै ठाउामा आएका छन्।
बाह्र: पार्टी सदस्यलाई नै सखाप: जहााजहाा एकदलीय कम्युनिस्ट पार्टीले शासन गरे ती ठाउाको अर्को समान विशेषतामा कम्युनिस्ट पार्टी नै नेतृत्व र सदस्यहरूलाई सखाप पार्नु प्रमुख रहेको पाइन्छ। कुनै एक देशमा सीमित रहेन। कम्युनिज्मले शासन गरेका सबै मुलुकमा यस्तो अवस्था समान थियो। आफ्नैलाई हत्या गर्ने यो परम्परा पनि स्टालिन नै सुरु गराएका हुन्। स्टालिनले त्यसबेला आफ्नो पार्टीको केन्द्रीय सदस्य संख्या १३९ मध्ये ९८ जना र १७ औं महाधिवेशन प्रतिनिधि १९६६ को संख्यामध्ये ११०८ जनालाई गोली हानी हत्या गराएका थिए। स्टालिनपछिका महासचिव ख्रुस्चेभले औपचारिक समारोहमा नै यस्तो खुलासा गरेका हुन्। त्यसपछि संसारभरिका कम्युनिस्ट जो सत्तामा पुगे उनले यसलाई आदर्श नै बनाए।
तेह्र: कार्यकर्ता जुत्ता चाट्नेहरू: देशमा साम्यवाद स्थापना गर्ने भन्ने कम्युनिस्ट क्रान्तिको नेताहरूलाई कार्यकर्ताले बुझेका हुादा रहेछन् भन्ने संसारभरिकै कम्युनिस्ट नेताहरूसाग मिल्ने एउटा उदाहरण नेतृत्व पंक्तिका मानिसहरू अर्कै ग्रहमा बसोबास गर्छन्। यसलाई मंगल ग्रह भनौं। यो केवल राम्रा गाडीहरू र आवासगृहहरूको कुरामात्रै होइन। यो त तपाईंका मन चाहे इच्छाहरू निरन्तर पूरा हुादै जानु हो, ठूलो संख्याका जुत्ता चाट्ने सेवकहरूले तपाईंहरूलाई घण्टौंसम्म बिनाकष्ट आफूले चाहेका कुरा गर्ने अवसर मिलाइरहन्छन्। तल्लो तहका सम्पूर्ण कार्यकर्ताहरू तपाईंको लागि जेसुकै गर्न पनि तयार हुन्छन्। तपार्इंको प्रत्येक चाहनालाई पूरा गरिन्छ। तपाई मन चाहेअनुसार नाटक हेर्न जान सक्नुहुन्छ, मनचाहे अनुसार सिकार खेल्न सबैको विश्रामगृहबाट जापानतर्फ अडान गर्न सक्नुहुन्छ। यो यस्तो जीवन हुन्छ जसमा हर कुरा सजिलै प्राप्त हुन्छ। तपार्इं कुनै एउटा राजाजस्तै हुनुहुन्छः यसो औंला उठाउनुहोस् र सो कुरा पूरा भइहाल्छ।
– रम्बिव, लेलिनको चिहान …..
चौध: निर्वाचन कतै हुादैन: कम्युनिस्ट पार्टीमा त्यो दलभित्रै कहिल्यै निर्वाचन भएन। नेताहरू नमरून्जेल शासक भइरहे वा जर्जर वृद्ध भएपछि आफ्नैलाई सुम्पिएर सत्ता छाडे। सबैतिर मिल्ने समानता हो यो। सबैभन्दा लामो शासन रुसको कम्युनिस्ट पार्टीमा १९१७ पछि यताका दिनमा पहिलोपटक १९८५(६९ वर्षपछि) मा मात्र पार्टीभित्र यस्तो आन्तरिक चुनावमा आफ्ना प्रतिनिधिहरूले आफ्नो विचार प्रयोग गर्ने अवसर पायो। कतिपय कम्युनिस्ट देशमा अहिले पनि निर्देशित रूपमा नेतृत्व छान्ने र विचार लाद्ने काम कायमै छ।
प्रन्ध: कम्युनिस्ट ढल्दा सबै खुसीः १९१७ बाट एकदलीय कम्युनिस्ट पार्टीले सत्ता सुरु गरेर त्यो फैलिादै सबैभन्दा छोटो समय चारवर्ष (१९७६–७९) शासन गर्दासम्म कम्युनिस्ट शासन २३ देशमा फैलिसकेको थियो। ९० को दशकमा आएर जम्मा पााचवटा देशमा मात्र यो शासन कायम रह्यो। ७० को दशकदेखि चीनले निजी सम्पत्तिलाई छुट दिएर परम्परागत कम्युनिजमको अन्त्य गरिसकेको थियो। यी बीचमा जति कम्युनिस्ट पार्टी ढले त्यहाा एउटा सामान्य तहको पनि जन विरोध भएन। कम्युनिस्टबाट सताइएकाहरूले खुसी मनाएको यो पनि संसार भरिकै लागि एउटा समान विशेषता हो।
सोह्र: सबैतिर गुमेको एउटै कुरा: कम्युनिस्टहरूले जे जसरी शासन गरे त्यो समानताको पक्ष आफ्नो ठाउामा छ। दुःखद कुरा हो– ती देशका नागरिकले जे गुमाए त्यो सबैतिर एकै प्रकारको भयावह छ। पाइप्स (१५९) अनुसार ‘रुस र यो जस्तै लामो समयसम्म कम्युनिस्ट शासनमा पिसिएको सबै देशहरूमा निर्णय गर्ने अक्षमता मात्रै साम्यवादले दिएको सबैभन्दा कम खालको खति होइन। यसले त ती देशहरूमा कामप्रतिको रुचि सार्वजनिक दायित्वको भावना पनि सखाप पारिदिएको छ।
सत्रः मुक्तिदाताले नै बढी मारे: विभिन्न तानाशाहबाट सत्ता खोसेर कम्युनिस्टहरूले आफूलाई क्रान्तिकारी र जनताका मुक्तिदाता भनी जहाा र जहिले शासन थाले त्यसपछिको समय आमनागरिकलाई हिरासतमा लिने र हत्या गर्ने काम झन्डै लाख गुना बढी हुने गरी भयो। रूस र चीन र तिनका समर्थक अन्य देश सबैतिर यस्तो हत्याको स्थिति समान छन्। रूसमा १९३७ र ३८ अर्थात् करिब दुई वर्षभित्र मात्र साढे १५ लाख व्यक्तिलाई हिरासतमा लिइयो र तीमध्ये करिब सात लाख गोली हानियो। रूसमा कम्युनिस्ट पार्टीले शासन सुरु गरेको करिब ४० वर्षपछिको घटना हो यो। त्यहााको जारशाही जसलाई यो कम्युनिस्ट पार्टीले अपदस्त गरेको थियो त्यो शासनले १८२५ देखि १९१० को बीचमा राजनीतिक अपराधको आरोपमा चार हजार व्यक्तिलाई फासी दिइएको थियो। १९३२ देखि १९३९ को बीचमा सोभियत संघको जनसंख्या एक करोड घटेको विवरण सार्वजनिक आएको थियो। एकदलीय कम्युनिस्ट पार्टीले जहााजहाा शासन गरे ती देशमा जनता बेपत्ता भएका यस्ता घटनाकाबारे अझै पर्याप्त अध्ययन हुन बााकी नै छ।
अठार: खस्कादो जीवनस्तर: जुनसुकै हुन् एकदलीय कम्युनिस्ट पार्टीले शासन गरेका देशमा मानिसको जीवनस्तर अत्यन्त दयनीय र देश
गरिब रहे। उत्तरकोरिया जहाा १०१२ सम्म ६७ वर्ष निरन्तर यो पार्टीको शासन छ त्यो देश अहिले संसारको सबैभन्दा गरिब छ। १९८० को दशकमा गरिएको एक अध्ययनले त्यहााका पूरै आधा संख्याको प्रतिमहिना आम्दानी १० डलर मात्र थियो। चीनमा अहिले पनि ग्रयाजुएट मध्येका ७० प्रतिशत खोला किनारका झुपडीपट्टीमा बसिरहेका छन्।
उन्नाईस: जनता माथि जासुसीको थुप्रो: साम्यवादी शासकले सबैभन्दा भर पर्ने पात्र जासुसी हो। चीनमा त्यसबेला सांस्कृतिक क्रान्तिका नाउामा औपचारिक रूपले भर्ती भएकाहरूलाई जासुसी बनाइएको अवस्था यथावत् छ भने रूसमा १९८० को दशकमा आइपुग्दा प्रत्यक्ष रूपका ५ लाख र अप्रत्यक्ष रूपका १० लाख व्यक्ति आफ्ना जनताको सुराकीमा खटेका थिए। उत्तर कोरियाका प्रत्येक नागरिकले प्रत्येक दिन आफ्नो छिमेकीका बारे उसको गतिविधि नोट गराउनुपर्ने अनिवार्य व्यवस्था छ। जासुसी साम्यवादी शासनको एउटा स्वाभाविक अंग हो।
बीस: मर्न पाउादा खुसी: मानिसको प्रकृति सामान्यतया बााच्ने प्रयत्न गर्नुहुन्छ तर कम्युनिस्ट शासनले संसारभरि नै एउटा मान्छेले मर्न पाए हुन्थ्यो भन्ने कामना गर्नु र त्यसका लागि जे जे भन्न लगाउादा त्यो त्यो कबोल गर्न थालियो। मानिस माथि कम्युनिस्टहरूले गरेका ज्यादतीका धेरै विवरण धेरै ठाउा आइसकेका छन्। त्यस मध्ये सोभियत संघका एक पीडित मेस्मेलो मेथ होल्डले लेखेको एउटा पत्रको व्यहोरा प्रकाशित भयो (आल्फ्रेड मिरेक, क्रयास्नि भिराज (मस्को २०००) २६५–६६)। त्यहाा उनले आफूलाई जनताको शत्रु भन्दै कसरी दर्दनाक पीडा दिइयो र त्यो पीडाबाट बच्न छिटो फासीको तख्तामा पुग्न आरोपहरू स्वीकारे भन्ने विवरण उल्लेख छ। त्यो आरोप स्वीकारेपछि उनलाई तत्कालै फासी दिइयो। लाखौंमध्येको यो एउटा प्रतिनिधि पात्र हुन्।
एक्काईस: जनता चल सम्पत्ति: जहाा जहाा कम्युनिस्ट शासन चले ती ठाउामा अर्को समानता हो जनतालाई चल सम्पत्तिका रूपमा परिणत गर्नु। किसानबाट जमिन खोसेर तिनै किसानलाई सामूहिक खेती गर्न लगाई उत्पादित वस्तु भने सरकारले लिादा उनीहरू सरकारका त्यस्ता सम्पत्ति भए उसले आफ्नो श्रमबाट उत्पादित वस्तु माथि कुनै अधिकार पाउादैनन्। पछि श्रमगरेबापत भनी केही रकम दिन थालियो। रूसको सन्दर्भमा एउटा किसान परिवारले बिहानदेखि बेलुकासम्म काम गरेबापत वार्षिक २४७ रुवल प्राप्त गर्ने भए। तर त्यो पैसाले बजारमा एक जोर जुत्तामात्र आउने स्थिति थियो।
बाइस: संगठन शासनको शैली: संसारभरि नै कम्युनिस्टहरूले शासन गरेको ठाउामा जहाा पनि सैनिक शैलीको संगठन, एकाधिकारवादी पार्टीको शासन, शासनमा कसैले पार्टीको उच्च दोस्रो व्यक्तिले पनि प्रश्न गर्न नपाइने आज्ञा पालन गर्नुपर्ने कुनै नियन्त्रण भएको शासन निजी सम्पत्तिको खारेजी, मानवीय र भौतिक सम्पत्तिको राष्ट्रियकरण समान रूपका ढााचा हुन्। राज्यका सामु मान्छेको कुनै अधिकार हुादैन र त्यो राज्य जसले चलाउाछ त्यो कहिल्यै गल्ती नगर्ने हुन्छ भन्ने पनि समान मान्यता हुन्।
तेईस: समान आरोप: प्रतिक्रान्ति, जनताका शत्रु दुश्मन, रक्तपिपासु, सामन्त – कुलक, पाशविक, जंगली शोषक, जुकाहरू, पिशाच, यिनीहरू युद्धका मागी र मृत्युका घारमा पुर्‍याउन योग्य आदि जनतालाई मार्नुपूर्व लगाइने यी आरोप सबै कम्युनिस्टका समान विशेषता रहे।

कम्युनिज्मका प्रभावहरू
१९१७–१९९० कम्युनिस्ट शासनसत्ता उत्थान र पतनका वर्ष हुन्। २४ वटा देशमा फैलिएको यो शासनको अन्त्यन्त क्रूर वर्ष भनेको १९७० को हाराहारी हो। रूसमा स्टालिन र चीनमा माओको अवशानपछि कम्बोडिया, उत्तरकोरिया र क्युवामा बाहेक यो दशकमा संसारभरि यो शासनमा सुधार आयो। कम्युनिस्ट व्यवस्थाको सार भनेको निजी सम्पत्तिको खारेजी हो। स्टालिनपछि रुसले र माओपछि चीनले त्यही खारेजीलाई खारेज सुरु गरे जसबाट करिब ६० वर्षसम्म निरन्तर 145मान्छेलाई मुर्दा146 बनाउने काम केही हदसम्म रोकियो। त्यसपछि राज्यबाटै जिउँदो मान्छेलाई मुर्दा बनाउने कम्युनिस्ट अभियान घट्दै गयो। तर यो बेलासम्म कम्युनिस्टले शासन गरेका यी देशका नागरिकहरू जो बाँचेका थिए आफू जीवनको महसुस गर्न समेत नसक्ने अवस्थामा यन्त्रमानवमा परिणत भइसकेका रहेछन्। यति लामो कालखण्डसम्म शासन गरेको कम्युनिस्ट सिद्धान्तले अन्ततः त्यो समाजलाई कस्तो पारेछ र के उपहार दिएछ भन्ने पक्षबाट अध्ययन हुँदा यस्तो दर्दनाक चित्र प्रकट भएको हो।
रुसले के गुमायो?
रूसको कम्युनिस्ट पार्टीले ७० वर्षसम्म शासन गर्दा त्यहाँको समाजलाई के
दियो? यो झन् डरलाग्दो पक्ष छ। विश्वकै कम्युनिज्मको अध्ययन गरेका हावर्ड विश्वविद्यालयका इतिहासका वरिष्ठ प्राध्यापक रिचर्ड पाइप्सले आफ्नो पुस्तक साम्यवाद एक इतिहास नामक पुस्तकमा त्यसको वर्णन गरेका छन्। उनी अनुसार सोभियत संघको अहिलेको समाज अपांगजस्तै भएको छ। सबैभन्दा लामो समयसम्म कम्युनिस्टशासन व्यवस्था चलेको रूसमा परेका प्रभावहरूमध्ये एउटा के देखिएको छ भने त्यहाँको आम जनसमुदायमा आत्मनिर्भरताको भावना हराउन पुगेको छ। सोभियत शासनअन्तर्गत निजी मामलाबाहेकका हरेक विषयमा माथिबाटै सबै आदेशहरू आउनुपर्दथ्यो र कुनै कुरा आफ्नै सक्रियतामा गर्न खोज्नुलाई अपराध मानिन्थ्यो। यसले गर्दा त्यो राष्ट्रले ठूला वा साना सबै विषयहरूमा निर्णय गर्ने क्षमता गुमाएको छ। आपराधिक क्रियाकलापहरू अपवादमा पर्छन्। मानिसहरू आदेश पर्खेर बसिरहन्छन्।
चीन: चीनको एउटा सिंगो पुस्ता संसारभरि एकलकाटे नागरिक भएर हिँड्न बाध्य भएको छ। माओको शासन अवधिभर र खासगरी महान् छलाङका नाउमा सुरु गरेको सांस्कृतिक क्रान्तिले पूरै १० वर्ष चीनमा थप आतंक मच्चायो। यो पूरै अवधि धेरै विद्यालय बन्द भए। पाठ्यपुस्तक र माओको रातो पुस्तकबाहेक केही पढ्न नपाइने भयो। घरभित्रबाट पुरुष अभिभावकलाई घिसारेर आगनमा ल्याई आफ्नै छोरी र बुहारीमाथि बलात्कार गरेको हुँ भन्ने जस्ता बेइज्जतीपूर्ण कुरा कबोल गर्न लगाइयो र मारियो। माओको मृत्युपछि यसले समाजलाई के दियो भन्ने अध्ययन हुँदा यो बेलासम्मको पूरै पुस्ता अपांगजस्तै बन्यो। यसका असरका बारे पाइप्स साम्यवाद एक इतिहास (१३१) अनुसार ‘यसका परिणमहरूमा एउटा पूरै पुस्ताले आफ्नो शिक्षा पाउने अवसर गुमाएको मात्र नभई यसले आफूलाई नैतिक एवं मनोवैज्ञानिक रूपमा पूरै क्षतविक्षत अनुभव गर्‍यो।’ यति ठूलो जनसंख्याको देशका जनता भाषाका कारण ससारभरि एक्लो हिँड्न सक्ने अवस्थामा छैन। चीनको समाज यति भ्रष्ट जुवातासको कुलत तथा वेश्यावृत्तिको उग्र अवस्थामा पुगेको छ प्रत्येक वर्ष यहाँ एक हजारभन्दा बढी यस्ता अपराधीलाई मारिन्छ तर विगतको त्यो विकृत र अपांग समाजमा यी घटना झन्झन् बढिरहेका छन्। करिव ३ करोड ६३ लाख जनताको हत्याको विकृतिको उपज यसरी प्रकट हुँदैछ।
क्युवा: यौन राष्ट्रिय उद्योग
सन् १९५० मा सुरु भएको क्युवाको कम्युनिस्ट शासन अहिलेसम्म कायम रहनेमध्येको एउटा हो। शासक फिडेल कास्ट्रो सुरुमा सत्ता हत्याउँदा आफैं चाहिँ कम्युनिस्ट थिएनन्। सत्तामा पुगेपछि त्यसलाई टिकाउन उनले शासनको सोभियत मोडल रोजे। कास्ट्रोले शासन थाल्दासम्म यो देश सम्पन्न थियो। साक्षरता र आत्मनिर्भरताको एउटा उदाहरण नै मानिन्थ्यो। तर उनले एकदलीय अधिनायकवाद शासन सुरु गरेपछि विरोधीहरूमध्ये केहीलाई देश छाड्न र केहीलाई श्रम शिविरमा बस्न वाध्य पारियो। देश छाड्नेहरू अधिकांश व्यवसायी थिए जसले उत्पादनमा व्यापक असर पार्‍यो र देश पूरै सोभियत संघमाथि निर्भरमा पर्‍यो। सोभियत संघमा परिवर्तन भएपछि यो देश यति संकटमा पर्‍यो कि आम्दानीका लागि सस्ता विश्रामस्थल र त्यहाँ सुन्दरीहरूको बन्दोबस्त मिलाउन थालियो। त्यसलाई आकर्षण भर्न औपचारिक संख्या राष्ट्रिय सभामा १९९२ मा कास्ट्रोले घोषणा नै गरे–हाम्रो देशमा वेश्यावृत्ति संसारभरिकै राम्रो छ, किनभने यहाँ एड्स संक्रमणको दर विश्वमै सबैभन्दा कम छ। क्युवा “यौनको आनन्द लुट्नका लागि छुट्टी मनाउन जाने ठाउँहरूमध्ये एउटा सबैभन्दा लोकप्रिय स्थल बनाइदियो जुन थाइल्यान्डको हाराहारीमा पुगेको छ–
(ंसिल्भाना पेटर नोस्ट्रो, दिन्यु रिपब्लिका जुलाई १०–१७, २०००)”
शोभाकर पराजुलीको लोकतन्त्र र समाजवाद नामक पुस्तकमा क्यास्ट्रो आफैं यौनका सौखिन रहेको उल्लेख छ। उनले आफ्नो कम्युनिस्ट दरबारमा ३५ हजार सुन्दरीहरू राखेका थिए। यसरी कम्युनिस्ट अधिनायकवादअघिको त्यस्तो सम्पन्न मुलुकलाई यो व्यवस्थाले कस्तो गतिमा पुर्‍याएछ भन्ने बुझ्न सकिन्छ।
उत्तरकोरिया: मान्छेलाई मेसिन बनाउने कारखाना
६६ वर्ष (१९४९–२०११) कम्युनिस्ट पार्टीका वादमा एउटै परिवारको त्यस्तो पुस्ता शासन गरिरहेको छ। आफ्नो जहानियाँ शासनको ६६ औं वर्ष मनाइरहँदा यता विश्वव्यापी रूपमा सार्वजनिक भएका तथ्यांकले गरिबी र भ्रष्टाचारमा संसारभरिकै एक नम्बरमा रहेको देखायो। यो अवधिमा यो देशमा बाहिरबाट विशेष रूपले बोलाइएका व्यक्तिलाई केही निश्चित ठाउँ घुमाउनुबाहेक कोही पनि एउटा स्वतन्त्र व्यक्ति यहाँ प्रवेश नै पाउँदैन। एउटा नागरिकले विदेश त परै जाओस् आफ्नै देशको अर्को जिल्ला र आफ्नै जिल्लाको अर्को गाउँ जान पाउँदैन। न उसले टीभी हेर्न पाउँछ न अखबार पढ्न नै। कम्युनिस्ट पार्टीले जे पढ र हेर भन्यो त्योबाहेक उसको संसार कतै छैन। भाषा छैन मात्र होइन बाहिरी संसारको मान्छेसमेत देख्न नपाएको एउटा नागरिकले कथंकाल कुनै दिन यो। देश त्यो कम्युनिस्ट पार्टीबाट मुख्य भएर खुला समाजमा आयो भने त्यसको हविगत के होला? प्रभाव खोज्दा यसको कल्पनामात्रै गर्न सकिन्छ।
कम्बोडिया दक्षताविहीन देश
यो देश अहिले सबैभन्दा पीडित कुनै पनि क्षेत्रको दक्षता शून्य अवस्थाबाट भएको छ। एउटा राज्यमा हुनुपर्ने डाक्टर, इन्जिनियर, वकिल शिक्षक प्राध्यापकलगायत हरेक क्षेत्र र विषयमा सम्बन्धित विषयको प्रमाणपत्र धारी दक्षता प्राप्त व्यक्तिको आवश्यकता पर्छ। १९७६–१९७९ को अवधिमा कम्युनिस्ट शासक पोलपोटले सर्वप्रथम यही दक्षतालाई समाप्त गर्‍यो। १९७५ मा ७३ लाख जनसंख्या रहेको यो देशमा पोलपोटको समयमा त्यो संख्या घटेर ५८ लाखमा झरेको थियो। जनसंख्या वृद्धिको तह हेर्दा ८० लाख पुग्न पर्दथ्यो। यसरी करिब २० लाखको संख्याका व्यक्तिलाई मुर्दा बनाइयो। यो मानव त्रासदीमा परेका मध्ये यो देशका सबभन्दा सुशिक्षित दक्ष र नभई नहुने व्यवसायी थिए। काममा ढिलो पुगेको खानेकुरा मीठा नभएको भन्ने गुनासो गरेेको र विवाहअघि यौन सम्बन्ध राखेको जस्ता आरोपमा शिक्षक, प्राध्यापक, डाक्टर, इन्जिनियर आदिको कस्ले आश गरिदाको परिणाम कस्तो आयो भने यी सबै व्यवसायीहरु पोलपोटपछि ८ सन २०१२ सम्ममा पनि अर्को देशबाट झिकाउन परेको छ। त्यो व्यवसायिकताको आंशिक भएपनि क्षतिपूर्ति हुन अझै केही बर्ष लाग्ने छ।
त्यो नरसंहारबाट बचेको एउटा जीवित नागरिक यो त्रासदीको ३०औं बर्षपनि पनि राति सुत्न सकिरहेको अवस्था छैन। त्यसबेला कतिपय बालबालिकाहरुलाई ठूलो डर, त्रास र पीडा दिएर बालबालिकाहरुलाई आफ्नै बाबु, आमा मार्न लगाइएको थियो। यो पीडित बयस्य त भयो तर त्यससाग उसले व्यक्तिगत रुपमा आत्मग्लानी व्यहोरिरहेको छ। उसकै हातबाट आफ्ना बाबु, आमा मारिएको घटना व्यक्तिगत जीवनमा बाचुन्जेल अपराधको श्रृंखलामा अंकित भइरहने छ।

प्रतिक्रिया
सम्बन्धित खवर

घर परिवारको न्यानो साथ छोडेर विदेशिनु पर्दाको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ । प्रियजनको पर्खाइमा कैयौं रात अनिदो काट्नु

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको