कांग्रेसमा समानुपातिकको सूचीमा ‘विवाद’ कायम

११ पुष २०७०, बिहीबार १२:४४ मा प्रकाशित

विवाद बढे पछि संसदीय समितिको बैठक प्रभावित


काठमाडौं, ११ पुस । समानुपातिको सूचीलाई अन्तिम टुङगो लगाउने विषयमा विवाद भए पछि कांग्रेसको संसदीय समितिको बैठक समेत प्रभावित भएको छ ।

महाराजगञ्जस्थित सभापति सुशील कोइरालालको निवासमा आज (बिहीबार) बसेको पदाधिकारी र केही प्रभावशाली नेताहरुको अनौपचारिक बैठकमा सूची तयार गर्ने विषयमा विवाद भएको हो । बैठकले संसदीय समितिको बैठक शनिबार बसेर अन्तिम टुङगो लगाउने सहमति गरेको छ ।

कांग्रेस पदाधिकारी बैठकमा समानुपातिक सभासद चयनमा आ–आफू निकटकालाई सूचीमा समावेश गराउने विषयमा विवाद छ । विवाद भए पछि बिहीबार बस्ने भनिएको संसदीय समितिको बैठक पनि स्थगित गरिएको छ ।
बैठक पछि पत्रकारसँग कुरागर्दै उपसभापति रामचन्द्र पौडेलले समानुपातिकमा रहने सभासद चयनको अन्तिम टुङगो लागिनसकेको जानकारी दिए । ‘समानुपातिको सूचीको अन्तिम टुङगो लागेको छैन,’ उनले भने, ‘अझै छलफल चलिरहेको छ । शनिबार टुङगो लगाउछौं ।’

सभापति कोइराला, नेता शेरबहादुर देउवा र उपसभापति पौडेलबीच सूचीमा आफू निकटकालाई पार्न संघर्ष चलेको छ । कोइरालालाई ६० र देउवा पक्षलाई ४० प्रतिशत सभासद तय गर्न दिने तयारी भएको बुझिएको छ । कांग्रेसले समानुपातिक तर्फ ९१ सिट पाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो