अभिनेत्री सिल्वालको गुनासो

१० पुष २०७०, बुधबार १७:४२ मा प्रकाशित

काठमाडौ : महिमा सिल्वालले चलचित्र यात्रा सुरु गरेको लामो समय भएको छैन । तर पनि एक/दुई गर्दै उनका एक दर्जन भन्दा माथि चलचित्र पुगिसकेका छन् ।
पछिल्लो समय चलचित्र अभिनयमा प्रबेश गरेका अभिनेत्री मध्य ब्यस्त भित्र पर्दछिन् महिमा ।
कारबाही चलचित्रबाट अभिनयमा प्रबेश गरेकी महिमाले केही चलचित्रमा दुलहीको भूमिका पनि गरेकी छन् । तर उनले निर्बाह गरेको दुलहीको भूमिका भने बिबाह मण्डवमा नै सीमित हुन्छ ।
अर्थात चलचित्र अभिनयको सिलसिलमा उनी जब बिवाहको मण्डवमा बस्छिन् । तब केही न केही केही बाधा आइपुग्छ र उनको बिवाह टुङगिन्छ ।
यस्तै परेको छ पछिल्लो चलचित्र ‘फापेन माया तिम्रो’मा पनि । हाल छायांकन भैरहेको चलचित्र फापेन माया तिम्रोमा नायक वीरेनले सिउदोमा सिन्दुर के हाल्न लागेका थिए, चलचित्रका अर्का पात्र शिब यादबले तरबार लिएर बिवाह नै भाँडी दिए ।
यो रियल लाईफ होइन । रिल लाइफ हो । तर रिल लाइफ भए पनि पटक पटक बिबाह मन्डबमा पुग्दा पनि दुलही हुन नसक्दा दु:ख भने लाग्ने महिमाले बताइन् ।
‘धेरै जसो चलचित्रमा बिबाह मन्डपमा पुग्दा पनि बिबाह हुन नसक्दा कताकता भित्री मन दुख्दो रहेछ,’ महिमाले भनिन्, ‘तर यो बास्तबिक लाइफमा नभएर रिलमा हो भनेर चित बुझाउछु ।’
चलचित्र ‘मिसन ४२०’, झमेलामा पनि यस्तै सिनमा अभिनय गरेबको महिमाले सुनाइन् । यी दुबै चलचित्र प्रर्दशनको तयारीमा छन् । यसरी पटक पटक विवाह तोडिदा पछि आफूले रियल लाइफमा गर्ने बिबाहको मजा नआउने हो कि भन्ने पिर अहिले आफूलाई परेको उनले खुलाइन् ।
महिमा ‘फापेन माया तिम्रो’मा पछि जोशमा अभिनय गर्ने तयारीमा छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो