डन–१० सम्म काम गर्न ईच्छुक छु : शाहरुख

१० पुष २०७०, बुधबार १७:२८ मा प्रकाशित


मुम्बई : बलिउडका किङ् शाहरुख खानले आफ्नो सुपरहिट चलचित्र डनको १० औं संस्करणसम्म कामगर्ने इच्छा रहेको बताएका छन् ।
बर्ष २००६ मा शाहरुखले अमिताभबच्चनको सुपरहिट चलचित्र डनको रिमेकमा काम गरेका थिए । पहिलो सिक्वेलको सफलता पछि शाहरुखले फेरि २०११ मा अर्काे सिक्वेल डन–२ मा काम गरेका थिए । डनको सिक्वेलमा काम गरेर पाएको सफलताले शाहरुख अब यसको १० औं सिक्वेलसम्म काम गर्न चाहन्छन् ।
शाहरुखले ट्वीटरमा आफूलाई डनको १० औं सिक्वेल सम्म काम गर्ने इच्छा रहेको जनाएका हुन् । ट्वीटरमा शाहरुखले फरहान अख्तर, रितेश सिद्धवानी, लारा दत्ता र बोमन इरानीलाई धन्यबादपनि दिएका छन् ।
अमिताभ बच्चन अभिनित पहिलो चलचित्र डन १९७८ प्रदर्शनमा आएको थियो । यसै चलचित्रको सिक्वेलमा २००६ र २०११ गरी दुई पटक फरहान अख्तर र रितेश सिद्धवानीले मिलेर बनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग