खाग तस्कर राजधानीबाट पक्राउ

४ बैशाख २०६९, सोमबार १८:२६ मा प्रकाशित

काठमाडौ, ४ बैशाख । विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी अनुसन्धान टोलीले काठमाडौं महानगरपालिका–२८ नगलस्थित सार्वजनिक सडकमा बोकी हिँडिरहेको अवस्थामा गैंडाको खाग १ थान सहित २ जनालाई बैशाख ३ गते पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दोलखा जिल्ला झ्याँकु गाविस–७ बस्ने सवारी चालकको काम गर्ने ३४ वर्षीय कृष्ण बहादुर खड्का र काठमाडौं महानगरपालिका–२८ नगल बस्ने सिलाईको काम गर्ने ४८ बर्षीया कमला शाक्य रहेका छन् ।
निज कमला शाक्यले उक्त खाग लुकाई छिपाई राखी बिक्री गर्न कृष्ण बहादुर खड्कालाई दिएपछि निज खड्काले ग्राहकको खोजी गरी हिँडेको र आएको रकम भागवण्डा गर्ने सहमति भएको खुल्न आएको छ । वरामद गैंडाको खागको तौल ७ सय ६३ ग्राम रहेको र त्यसको बजार मुल्य प्रति खाग ३१ लाख रुपैयाँ पर्ने सो व्युरोले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आज बरामद खाग सहित आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको छ ।
त्यसैगरी बैंक ठगी मुद्धामा फरार रहेका मोरङ जिल्ला बखरी–८ घर भई काठमाडौँ महानगरपालिका–३२ घट्टेकुलो बस्ने ५४ बर्षीय भरतराज कोइरालालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिबेदनले बादी नेपाल सरकार भई २०५४÷०५५ सालमा नेपाल बैंक लिमिटेडलाई गैरकानुनी हानीनोक्सानी पु¥याइ बैंकका कर्मचारी प्रतिबादी कर्जावालाहरुलाई फाइदा हुने गरी कर्जा लिई अख्तियारको दुरुपयोग गरी भ्रष्ट्राचार गरेको मुद्धामा सम्मानित बिषेश अदालतको २०६२ साल कात्तिक १३ गतेको पैmसला अनुसार २ करोड ४६ लाख १५ हजार १ सय ६० रुपैयाँ २८ पैसा जरिवाना भएको थियो ।
उक्त पैmसला पछि फरार रहका उनलाई प्रहरीले बैशाख ३ गते घट्टेकुलो क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । निजलाई सम्मानित काठमाडौँ जिल्ला अदालत पेश गरिएको छ ।
निजले लक्ष्मी आचार्य समूह अन्तर्गतका विभिन्न फर्म÷कम्पनी÷उद्योगहरुमध्ये बागमती ऊनी–धागो कटाई उद्योग प्रा.लि., अप्पीनप्पा कार्पेट र मेची हाण्डिक्रयाप्mटको नाममा नेपाल बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिँदा बैंकका कर्माचारीहरुसँग मिलेमतो गरी गैरकानुनी तरीकाबाट कर्जा लिनुको साथै गलत प्रयोजनको मनसाय राखी बैंकका कर्मचारी र कर्जावालाहरुलाई फाइदा हुने गरी कर्जा लिएको खुल्न आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा