विवाह गर्न नपाए पछि युवतीलाई तेजाब

१० पुष २०७०, बुधबार ११:१६ मा प्रकाशित

कैलाली, १० पुस । कैलाली जिल्लामा विवाह गर्न नमानेको झोंकमा स्थानीय युवक रवीन्द्र ठगुन्नाले युवतीलाई तेजाब छ्यापेर गम्भीर घाईते बनाएका छन् ।
ठगुन्नाले तेजाबका कारण १९ वर्षीया युवती घाईते भएकी हुन् । गेटा–४ का ठगुन्नाले स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत युवतीको शरीरमा मंसिर–२४ गते बिहान तेजाब छ्यापेका हुन् । पीडित पक्षले घटनाका सम्बन्धमा ढिलो गरेर प्रहरीमा जानकारी गराएको थियो ।

विद्यालय जाँदै गरेकी युवतीलाई ठगुन्नाले तेजाब छ्यापेको प्रहरीले जनाएको छ । तेजाबका कारण युवतीको अनुहार र घाँटी जलेको छ । गम्भीर अवस्थाकी युवतीको काठमाडौंमा उपचार भइरहेको छ ।

‘विवाहका लागि मगनी गर्न गएकामा युवती पक्षबाट अस्वीकार गरिएपछि विक्षिप्त भएका ठगुन्नाले तेजाब फ्याँकेछन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले भने ।

घटनालगत्तै फरार ठगुन्नालाई प्रहरीले काठमाडौंमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा पुर्‍याएको छ ।
उनीमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको नायव उपरीक्षक पण्डितले जानकारी दिए । (फाईल तस्विर)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत बर्षको तीजमा फुर्के धागो बोलको गीतले सर्वाधिक चर्चा पाएपछि ‘फुर्के धागो २’ बजारमा आएको छ । यस

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । गीतकार तथा संगीतकार जीवन प्याकुरेलको तीज गीत ‘चाहना के के छ’ सार्वजनिक भएको छ । शनिबार गायक रामजी

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल