रोल्पामा जीप दुर्घटना हुँदा दुई यात्रुको मृत्यु

९ पुष २०७०, मंगलवार १७:५४ मा प्रकाशित


रोल्पा, ९ पुस । रोल्पा जिल्लामा जीप दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाईते भएका छन् ।
लिवाङ–५, सातलेबाट लिवाङ–३ तर्फ जाँदै गरेको रा.१ ज ४०१ नम्वरको जीप सोमबार बेलुका लिवाङ–३, सिमलवाङमा दुर्घटना भएको हो । रोकी राखेको जीप अचानक गुडेर सडकदेखि २ सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रोल्पा जिल्ला कोटगाउ–१ की ३५ बर्षीया तिर्थाकुमारी बुढा र ४२ बर्षीया कर्णा घर्ती रहेका छन् । उपचारका लागि अस्पताल लैजाने क्रममा उनीहरुको मृत्यु भएको हो ।
घाइते मध्ये सल्यान जिल्ला हिमचला–५ का खिमबहादुर थापा सहित ८ जनाको रेउघास्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ । केही घाईते उपचार पछि घर फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई