सिमेन्ट उद्योग स्थापना गर्न जग्गा माग

९ पुष २०७०, मंगलवार १३:२७ मा प्रकाशित


काठमाडौं, ८ पुस । नेपालमा सिमेन्ट उद्योग स्थापनाको अनुमति पाएको नाइजेरियाको प्रख्यात डंगोटे सिमेन्ट प्राइभेट लिमिटेडले उद्योगका लागि जग्गा दिलाइदिन सरकारसँग सहयोग मागेको छ ।
उद्योगका प्रमुख कार्यकारी अधिकृत केआर रावले अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालासंग आज (मंगलबार) भेट गरी दाङ, धादिङ र मकवानपुरमा आफूहरुले उद्योग स्थापनाका लागि सम्भाव्य क्षेत्र हेरिरहेको बताए ।
उनीले पूरा क्षमताका लागि उद्योग सञ्चालन गर्न ६० मेगावाट उर्जा चाहिने र त्यसको आधा कम्पनी आपैंmले थर्मल प्लान्टबाट उत्पादन गर्ने सोचाई राखेको जानकारी दिए । उनले अपुग उर्जाका लागि विशेष ग्रीड उपलब्ध गराइदिन आग्रह पनि गरे ।
उनले धादिङमा उद्योग सञ्चालन गर्न खोला पार गरेर जान पुलको समस्या रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
अर्थ मन्त्री कोइरालाले वैदेशिक लगानीलाई आकर्षित गर्नु सरकारको प्रमुख उद्देश्य भएको बताउँदै कम्पनी सञ्चालन हुँदाको समयसम्म नेपालमा उर्जाको संकट टरेर जाने विश्वास दिलाए ।
कम्पनीको पूर्वाधार विकासमा सहयोग गर्ने सरकारी नीति नै रहेको उनले जानकारी दिए । उनले मुलुकका अन्य स्थानमा पनि लगानी प्रवद्र्धनका सम्भाव्यता खोज्न आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ