माग पुरा गर्न प्रमुख दलहरुबीच सैद्धान्तिक सहमति

९ पुष २०७०, मंगलवार ११:३९ मा प्रकाशित


काठमाडौं, ९ पुस । कांग्रेस, एमाले र एमाओवादी मुलुकलाई पछिल्लो राजनीतिक अवस्थाबाट निकास दिन सहमति नजिक पुगेका छन् ।
काठमाडौंमा आज (मंगलबार) बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले एमाओवादीले अघि सारेका मागप्रति लचकता अपनाएका हुन् । एमाओवादीका मागप्रति कांग्रेस र एमालेको लचकतासँगै निकासको नजिक पुगिएको एमाले नेता रघुजी पन्तले जानकारी दिए ।
स्थायी प्रकृतिको उच्चस्तरीय राजनीतिक समिति बनाउने, छ महिना भित्र संविधानको मस्यौदा तयार पार्ने, एक बर्षभित्र नयाँ संविधान जारी गरी आम चुनाव गराउने, हालसम्मका सबै उपलब्धी संस्थागत गर्ने, बेपत्ता खोजविन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने लगायतका मागमा कांग्रेस र एमाले तथा एमाओवादीबीच सैद्धान्तिक सहमति भएको हो ।
चुनावमा भएको भनिएको धाँधली छानविन गर्न संविधानसभाबाट राजनीतिक समिति बनाउनेमा पनि दलहरुका बीच सैद्धान्तिक सहमति भएको छ । यसअघि एमाओवादीले छुट्टै आयोग गठनको माग गर्दै आएको थियो ।
एमाओवादीले आफ्नै नेतृत्वमा स्थायी प्रकृतिको राजनीतिक समिति बनाउन माग गर्दै आएको छ । सो विषयमा एमाओवादी लचक भएको छ ।
एमाओवादीका पूर्व महासचिव पोष्टबहादुर बोगटीले प्रमुख तीन दलका बीच मुलुकलाई निकास दिन सैद्धान्तिक सहमति भएको जानकारी दिए । प्रमुख दलहरु बीच भएको सहमतिलाई आजै बस्ने उच्चस्तरीय राजनीतिक समितिले अन्तिम रुप दिने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज