एनएफडीसी पुरस्कारको चौमासिक मनोनयन सार्वजनिक

८ पुष २०७०, सोमबार १८:१० मा प्रकाशित


काठमाडौ : चलचित्रको ब्यबसायमा शून्यता छाएको छ । बर्षमा १२० संख्याको हाराहारी चलचित्र प्रर्दशनमा आएपनि लगानी सुरक्षित गर्ने चार पाच भन्दा बढी हुदैनन् ।
चलचित्रको लगानी बालुवामा पानी भैरहेको समयमा चलचित्र सम्बन्धित रहेर बिभिन्न अवार्डहरु हुने गरेका छन् । बर्षमा पुरानो छोडर दुई तीनवटा अवार्ड थपिने गरेका छन् ।
यस्तैमा गतबर्ष बाट सुरु भएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’को दोस्रो संस्करणको चौमासिक मनोनयन सार्वजनिक भएको छ । पुरस्कारमा पहिलो चरणमा २०७० भदौ १ देखि मंसिर मसान्तसम्म प्रदर्शन भएका २९ चलचित्र समाबेस छ ।
एनएफडीसीले विज्ञप्ती जारी गरेर मनोनयन सार्वजनिक गरेको हो । ५ सदस्य निर्णायक समितिबाट सार्वजनिक गरेको मनोनयमा उत्कृष्ट निर्देशक बिधातर्फ होस्टेलका हेमराज विसी, ढुवानीका पिताम्बर पाण्डे, मौनका सुरज भुषाल, मधुमासका सुदर्शन थापा र कालीका सविर श्रेष्ठ परेका छन् ।
सर्वोत्कृष्ट चलचित्रको बिधामा दुर्गिस फिल्मस्को होस्टेल, कविता फिल्मस्को ढुवानी, क्वार्क फिल्म एण्ड आकाश आदीत्य इन्टरटेनमेन्टको मौन, फ्राइडे फिल्मस्को मधुमास र रेखा फिल्मसको काली रहेका छन् ।
शिव सर्वोत्कृष्ट अभिनेताको बिधामा मधुमासबाट आर्यन सिग्देल, मौनबाट अर्पण थापा, लोफरबाट दयाहाङ राई, ढुवानीबाट किशोर खतिवडा र ग्याम्बलरबाट सुमन सिंह छानिएका छन् । भुवन सर्वोत्कृष्ट अभिनेत्रीका लागि कोही त छ बाट झरना थापा, मौनबाट नम्रता श्रेष्ठ, उर्वशीबाट नीता ढुङगाना, कालीबाट रेखा थापा र स्टारबाट सुमिना घिमिरे परेका छन् ।
नीर सर्वोत्कृष्ट सहअभिनेताको बिधामा भने होस्टेलका गौरव पहारी, मधुमासका मनोज आरसी, राजनीतिका रमेश बुढाथोकी, लोफरका सागर लम्साल र सौर्यका सौगात मल्ल भिड्ने भएका छन् ।
यस्तै वसुन्धरा सर्वोत्कृष्ट सहअभिनेत्रीको बिधामा उत्कृष्ट ३ को मात्र मनोनयन सार्वजनिक गरीएको छ । जसमा उर्वशीबाट अरुणिमा लम्साल, राजनीतिबाट पवित्रा आचार्य र मधुमासबाट शिवाङगिनी राणा छन् ।
विश्व सर्वोत्कृष्ट नवअभिनेताको बिधामा होस्टेलबाट अनमोल के .सी, सौर्यबाट अनुपविक्रम शाही, उर्वशीबाट किशोर श्रेष्ठ र होस्टेलबाट सलोन बस्नेत ४ जना मात्र मनोनयनमा छन् । चैत्य सर्वोत्कृष्ट नवअभिनेत्रीको मनोनयनमा हाम्री चेलीबाट अञ्जु निरौला, राजनीतिबाट कोमल वली, होस्टेलबाट प्रकृति श्रेष्ठ, मधुमासबाट पूजा शर्मा र ढुवानीबाट सगुन शाही परेका छन् ।
राष्ट्िरय चलचित्र पुरस्कार २०७० को प्रारम्भिक मनोनयन भाग २ अन्तर्गत चेतन सर्वोत्कृष्ट पटकथा लेखनमा मौनबाट अर्पण थापा, हाम्री चेलीबाट मनीष पन्थ, मधुमासबाट दिनेश न्यौपाने र अविनाश बिक्रम शाह, होस्टेलबाट हेमराज बिसी र ढुवानीबाट पिताम्बर पाण्डे रहेका छन् ।
यस्तै भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशकको बिधामा ढुवानीबाट देव महर्जन, वार, बाउन्सर र ग्याम्बलरबाट हिमाल केसी र कालीबाट रोशन श्रेष्ठ छन् ।
मञ्जु सर्वोत्कृष्ट छायाँकारको बिधामा उर्वशीबाट दीव्य सुबेदी, मधुमासबाट दीपक बजाचार्य, होस्टेलबाट हरि हुमागाई, ढुवानीबाट पुरुषोत्तम प्रधान र मौनबाट सञ्जय लामा मनोनयनमा परे भने तुलसी सर्वोत्कृष्ट सम्पादकका लागि कालीबाट बनिष शाह र अर्जुन जिसी, सौर्यका लागि चन्दन दत्त र बिशाल कोइराला, मौनका लागि निमेश श्रेष्ठ, र होस्टेल र ढुवानीबाट सुरेन्द्र पौडेल परेका छन् ।
यस्तै प्रदीप सर्वोत्कृष्ट ध्वनी पुन: मुद्रणका लागि सौर्यबाट विशेष पाण्डे, कालीबाट मुकेश शाह, लोफरबाट नारायण जोशी र ढुवानी र होस्टेलबाट उत्तम न्यौपाने ।
गीत संगीतको कुरा गर्दा शम्भु सर्वोत्कृष्ट संगीतकारको बिधामा चलचित्र राजनीतिको ए हावा… र विन्दास २ को सुन्छु तिमी..ले बोलको गीतबाट अर्जुन पोखरेल, कालीको स्लोली स्लोली…बाट वसन्त सापकोटा, जंजीरको किन गाहे गाहे.. बोलको गीतबाट टंक बुढाथोकी र मधुमासको आँटी सकयो… बोलको गीतबाट सुरेश अधिकारी मनोनयनमा परेका छन् ।
उदित सर्वोत्कृष्ट पाश्र्वगायनका लागि मधुमासको आँटी सक्यो… बाट अञ्जु पन्त, सोही गीतबाट दीपक लिम्बु, कालीको स्लोली लोली…बाट मिलन अमात्य, राजनीतिको ए हावा…बाट सञ्ििजवनी र बिन्दास २ को सुन्छु
तिमी…ले बोलको गीतबाट शिव परीयार मनोनयनमा परेका छन् ।
ग्याम्बलरका एलिस कार्की, राजनीतिका अमित श्रेष्ठ, होस्टेल र मौनबका रोहित शाक्य र ढुवानीका सुजिल कर्माचार्य भने यस्तै शुभ सर्वोत्कृष्ट पाश्र्व संगीतमा मनोनयन भएका छन् ।
वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशकको लागि कालीको स्लोली स्लोली… र लोफरको एक्कासी दुक्कासी… बोलको गीतबाट कविराज गहतराज, मधुमासको आँटी सक्यो… बोलको गीतबाट रेनाशा राई, उर्वशीको सजाउँला…बोलको गीतबाट बब्बु थापा र ग्याम्बलरको कति खुशी… बोलको गीतबाट राजन राई मनोनयनमा परेका छन् ।
चलचित्र क्षेत्रमा २५ वर्षभन्दा लामो समयसम्म योगदान पुर्‍याएका र हाल पनि क्रियाशिल विशिष्ट फिल्मकर्मीहरुलाई उच्च सम्मान व्यक्त गर्दै तिनै दिग्गज हस्तीहरुको नामबाट नामाङकरण गरीएको अवार्डमा सर्वोत्कृष्ट निर्देशकलाई ट्रफी, प्रमाणपत्रसहित रु १ लाख र मह जुरी अवार्डको बिधामा ट्रफी, प्रमाणपत्रसहित स्वदेशीलाई ५१ र विदेशी श्रष्ट्राको हकमा भने ट्रफी, प्रमाणपत्रसहित ५५५ युएस डलर प्रदान गरिने छ ।
यस्तै अन्य सम्पुर्ण बिधाहरुमा ट्रफी, प्रमाणपत्रसहित रु ५१ हजार प्रदान आयोजकले जनाएको छ । नेपाल सरकार चलचित्र ऐन २०२६ तथा चलचित्र नियमावली २०५७ बमोजिम निर्माण भई केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास भई वर्षभरीमा नेपालका कम्तिमा ५ वटा हलमा व्यवसायिक रुपमा प्रदर्शनमा आएका नेपाली फिल्म तथा उक्त फिल्ममा संलग्न एवं सहभागी कलाकारहर, प्राविधिज्ञहरु तथा लेखक राष्टी्रय चलचित्र पुरस्कारका लागि छनोट प्रक्रियामा स्वत: सामेल छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा