हात्ती दौडको तयारीसँगै ‘सौराहा नगरी दुलही’

८ पुष २०७०, सोमबार १७:२१ मा प्रकाशित

चितवन, ८ पुस । पर्यटकीय नगरी सौराहामा हुन लागेको चितवन हात्ती महोत्सव अन्र्तगतको ‘दशौं अन्तर्राष्ट्रिय हात्ती दौड’को तयारीसँगै सौराहा नगरीलाई दुलही झैं सिगारिएको छ ।
विशेष गरेर अंग्रेजी नया बर्ष र ख्रिशमस पारेर आयोजना गरिने प्रतियोगितामा स्वदेशी एवं विदेशी पर्यटकहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम सुरु भई सकेका छन् ।
सौराहमा ध्वजापतका, स्वागत गेट, रङ्गरोगन र विशेष प्रकारले सिंगारिएको छ । प्रतियोगिता हुने स्थान बाघमारा मध्यवर्ती सामुदायिक वनको खुल्ला चौर सरसफाईदेखि होटल एवं रेष्टुराँको स्तरबृद्धिमा समेत व्यवसायीहरु तलल्नी भएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष नारायण भटराईले जानकारी दिए ।
दशौं हात्ती महोत्सव सुरु हुन अब केही दिन मात्र बाँकी रहँदा प्रतियोगिताको सबै तयारी पुरा भएको महोत्सवका मुल समिति संयोजक ज्ञानेन्द्रकुमार विष्टले बताए ।
हात्ती दौड मनोरञ्जनात्मक खेल भए पनि चितवन क्षेत्रको पर्यटन प्रवद्र्धन र जंगली जनावरको संरक्षणमा हात्ती महोत्सवले सहयोग पुर्‍याउँदै आएको छ ।
महोत्सव चितवनका पर्यटन व्यवसायीहरुका लागि महत्वपूर्ण पर्वजस्तै बनेको छ । महोत्सवको मूख्य आकर्षण हात्ती दौड र हात्ती फुटबल हो ।
यसको अतिरिक्त महोत्सवमा हात्ती सौन्दर्य प्रतियोगिता, गोरु गाडा दौड, घोडा गाडा दौड, क्यानोनिङ दौड प्रतियोगिताका साथै विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा साँस्कतिक कार्यक्रहरु आयोजना गरिने महोत्सवका सदस्य सचिव मनोज सुनारले जानकारी दिए ।
महोत्सव सञ्चालनका लागि अनुमानित लागत करीब ३१ लाख ३३ हजार रहेको छ । पुस ११ गतेदेखि सुरु हुने महोत्सव ५ दिन सम्म चल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा पौडितर्फ नेपाली खेलाडी एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । नेपालका

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ

घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको ट्वेन्टी(ट्वेन्टी क्रिकेट श्रृंखला दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेल ४९

काठमाडौं । टोकियो ओलिम्पिक्समा नेपाली खेलाडीहरूको खेल आजदेखि शुरु भएका छन् । शुटिङमा नेपालकी कल्पना परियारले महिला १० मिटर एयर