‘लक्ष्यमा कडाइका साथ अघि बढ्न निर्देशन’

८ पुष २०७०, सोमबार १७:२० मा प्रकाशित

काठमाडौं, ८ पुस । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले दिनको एकअर्व राजश्व उठाउने सरकारको लक्ष्यमा कडाइकासाथ अघि बढ्न राजश्व प्रशासनका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
ठूला करदाता कार्यालयले आज (सोमबार) राजधानीमा गरेको कार्यक्रममा अर्थमन्त्री कोइरालाले पुस महिना राजश्व बढाउने पर्व भएकाले यसलाई भरपूर उपयोग गर्न आग्रह गरे ।
‘यो महिनाको अपुग लक्ष्य अर्को महिना पूरा गर्छु भन्ने सुविधा कर्मचारीहरुलाई छैन,’ कोइरालाले भने, ‘सरकार जान लाग्यो भन्ने अवधारणा पालेर पेशागत धर्मलाई कमजोर नबनाउनुस् ।’
उनले जसको सरकार आएपनि राजश्व लिएको बाटो र लक्ष्य एउटै हुने बताए ।
अर्थ मन्त्री कोइरालाले मुलुकभरि रहेका ६ सय ३३ करदाताकै प्रोफाइलसहित तत्काल कार्ययोजना पेश गर्न निर्देशन दिँदै विशेष कार्यदल बनाएर पुस महिनाको लक्ष पुर्‍याउनु पर्ने बताए ।
वार्षिक २५ करोड बढी कारोवार गर्ने मेडिकल कलेज र ४० करोडमाथि कारोवार भएका करदाताहरुको प्रशासनिक काम कार्यालयबाट हुने गरेको छ ।
नेपाल दूर सञ्चार कम्पनी, एनसेल प्रालि, सूर्य नेपाल, गोर्खा बु्रअरी, कृषि विकास बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक नेपालका प्रमुख करदाता कम्पनी र वित्तीय संस्थाहरु रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

लमजुङ: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ । नेपाल सरकारले चैत १६ देखि लकडाउन घोषणापछि