हिन्दूधर्म कसैले नष्ट पार्न सक्दैन : कोसियारी

८ पुष २०७०, सोमबार १७:१७ मा प्रकाशित

‘जनताले चाहे नेपाल हिन्दू राज्य बन्छ’
काठमाडौं, ८ पुस । भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले नेपालमा हिन्दू राज्य भारतका नेताहरुले भन्दैमा नहुने बताएका छन् ।
काठमाडौंमा आज (सोमबार) आयोजित कार्यक्रममा उपाध्यक्ष कोसियारीले नरेन्द्र मोदी, राजनाथ सिंहलगायतका नेताहरुले भन्दैमा नेपाल हिन्दू राज्य कायम हुन नसक्ने बताए ।
‘जनताले हिन्दू राष्ट्र चाहे अवश्य पनि आउँछ,’ उनले भने, ‘भाजपाका नेता नरेन्द्र मोदी, अध्यक्ष राजनाथ सिह र मैले चाहेर नेपालमा हिन्दू राष्ट्र हुँदैन ।’
भारतीय नेता कोसियारीले बहुसंख्यक हिन्दू रहेको राष्ट्रलाई सबैले हिन्दू बाहुल्य राष्ट्र भन्न सकिने बताए । ‘हिन्दूत्व संस्कार भएकोले कसैले पनि चाहँदैमा हिन्दूधर्मलाई नष्ट पार्न सक्दैन,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।