समाजवादी पार्टीले समानुपातिकको सूची बुझाउने

८ पुष २०७०, सोमबार १७:१५ मा प्रकाशित


काठमाडौं, ८ पुस । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदावरको सूची बुझाउने निर्णय गरेको छ ।
राजधानीमा आज (सोमबार) सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकले समानुपातिकको सूची बुझाउने निर्णय गरेको उपाध्यक्ष गोपाल ठाकुरले जानकारी दिए ।
एमाओवादीलाई साथ दिँदै समाजवादी पार्टीले चुनावमा धाँधली भएको दाबी सहित सूची पठाउन आलटाल गर्दै आएको थियो ।
निर्वाचन आयोगले समानुपातिकको सूची बुझाउने म्याद पुस १० गते सम्म तोकेको छ । सो पार्टीले समानुपातिकमा पाँच सिट मात्रै पाएको छ ।
बैठकले पार्टीको राष्ट्रिय कार्यकर्ता भेला पुस ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने