स्थानीय निकायको निर्वाचन गर्न आतुर छौं : उप्रेती

८ पुष २०७०, सोमबार १३:१९ मा प्रकाशित


काठमाडौं, ८ पुस । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले वर्तमान अवस्थामा स्थानीय निर्वाचन पनि सहज र शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न सकिने बताएका छन् ।
ललितपुरमा आज (सोमबार) आयोजित कार्यक्रममा प्रमुख आयुक्त उप्रेतीले राजनीतिक दल र अब बन्ने सरकारले स्थानीय निकाय निर्वाचन प्रतिको प्रतिवद्धता र तिथि मिति तोकिदिए चैत मसान्तमा काम गर्न सुरु गरिने बताए । उनले ३/४ चरणमा वैशाख मसान्त भित्रै स्थानीय निर्वाचन सम्पन्न गर्न सकिने बताए ।
‘निर्वाचन आयोग स्थानीय निर्वाचन गर्न आतुर छ,’ उनले भने, ‘दलहरुले हिम्मत गरे स्थानीय निकायका लागि तयार छौं ।’
प्रमुख आयुक्त उप्रेतीले संविधान निर्माण प्रक्रिया सुरु भै सक्नु पर्ने वर्तमान अवस्थामा निर्वाचित सभासद्हरु संविधान सभा हल भित्र प्रवेश गर्न नसक्नु दु:खद पक्ष रहेको बताए ।
कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले दोस्रो संविधान सभा निर्वाचन पूर्व नै उच्चस्तरीय राजनीतिक समितिमा स्थानीय निकाय निर्वाचन गर्ने सहमति भईसकेको बताए । ‘अब स्थानीय निकाय निर्वाचनको विकल्प छैन,’ उनले भने, ‘राज्यको पुनसंरचनाको बहसमा प्रान्तीय सरकारको स्वरुपको बारेमा छलफल हुँदा प्रान्तीय सरकार अन्र्तगतका स्थानीय तहको स्वरुप र अधिकारका बारेमा पछि छलफल हुनु पर्छ ।’
एमाले नेता राजेन्द्र पाण्डेले स्थानीय निर्वाचनका लागि आफूहरु आतुर रहेको बताए । ‘एमाले पार्टी जुनसुकै बेला पनि स्थानीय निर्वाचनमा जान तयार छ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

फ्लोरिडा । मेक्सिकोकी सुन्दरी एंड्रिया मेजाले मिस युनिभर्स २०२१ को ताज जितेकी छन् । आइतबार राति अमेरिकाको फ्लोरिडास्थित हलिवुडको हार्ड

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ